बाह्रबिसे नगरपालिकामा नै राष्ट्रिय परिचय पत्र दर्ता
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा अस्थायी पोष्ट सञ्चालन गरेर राष्ट्रिय परिचय पत्रको व्यवस्था मिलाइएको छ ।
बाह्रबिसे नगरपालिकाले नगरपालिकामै प्राबिधिक टोली बोलाएर राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाउँने काम गरिरहेको छ । बाह्रबिसे नगरपालिका मात्र नभई चौतारा आउँन जान भन्दा बाह्रबिसेमा पाइक पर्नेहरुको लागि सहजता भएको छ भने गाडी नै रिजर्भ गरेर असाय जेष्ठ नागरिकहरुलाई चौतारा लाने बाध्यताबाट हटेको छ ।
सोमबार परिचयपत्रको फोटो खिचाउँनका लागी जम्मा भएका जेष्ठ नागरिकहरुले नगरप्रमुख बालकृष्ण बस्नेतले पहल गरेर बाह्रबिसेमा नै यो सुबिधा उपलब्ध गराई दिएकोमा धन्यबाद दिदै फोटो खिचाएका थिए ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा बाह्रबिसे नगरपालिकाको आयोजनामा परिचय पत्र बनाउँन छुटेका हेर्दा छुटेकाहरुलाई सोमबारबाट राष्ट्रिय परिचय पत्र बनाउने कार्य नगरपालिकामा भइरहेको र यसरी सेवा लिन...
