दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
कतारमा रहेका लुम्विनी प्रदेश बासीहरुले भब्य रुपमा तिज मनाएका छन् । लुम्विनी प्रदेश समन्वय परिषद कतारको आयोजना तथा प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा “तिज विशेष तथा दरखाने कार्यक्रम” भब्य रुपमा मनाएका हुन् ।लुम्बिनी प्रदेश समन्वय परिषद कतारकी काःवा अध्यक्ष मनिषा खडकाको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रबार सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको सभाहलमा बिधिगत रुपमा ब्यानर अनावरण तथा दिप प्रज्वलन गरेर कार्यक्रमको समुद्वंघाटन गरिएको कार्यक्रममा कतारमा रहेका आधा दर्जन कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए । तीज लहर आयो बरिलै,घन्काईदेउ मादलु ताल, सबैले भन्छन पातली नाच्छे, आहै मेरो बलमा,लाहुरेले लैन केरे,जस्ता एक दर्जन भन्दा बढी गितहरुमा रातो, साडी, हरियो चुरा, पोते र सुनका गहनाले झलमल्ल सजिएका महिला दिदीबहिनीहरु छमछम नाचिरहे । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा रोल्पा जलजला सेवा समाज कतारले कार्यक्रममा सगुन कोशेली प्रदान गरेको थियो ।
कार्यक्रममा विभिन्न विशिष्ट ब्यक्तिहरुको शुभकामना मन्तव्य राख्नुभएको थियो । हरितालिका तीज केवल उपवास, गीत वा नृत्यमा मात्र न भएर यो पर्वले धार्मिक आस्था, सांस्कृतिक मौलिकता,समेत जोडने वक्ताहरुको भनाई रहेको थियो प्रमुख अतिथि केसीलाई स्टेजमा दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरिएको थियो ।
प्रमुख अतिथी केसीले आफ्नो मन्तव्य बोल्दै पछिल्लो समय प्रदेशले आयोजना गरेका हरेक कार्यक्रम भन्दा आजको कार्यक्रम अत्यन्तै सौहादपुर्ण रहेको र भब्य रुपमा सम्पन्न गरेको जिकिर गर्नुभयो । तिज सकिएपछी पनि हाम्रो चाडबाडमा हामी कसरी खुसी हुन सकिन्छ भन्ने गत्तिलो उदाहरण लुम्बिनी प्रदेशले दिएको बताउनुभयो। केसीले नेपाली महिला समाज कतार र लुम्बिनी प्रदेश समन्वय परिषद कतार सगंको सम्बन्ध सदैब रहने बिश्वास व्यक्त गर्नुभयो । उहाँले हामी प्रवासमा छौ, हामीलाई दुखले कति बेला छुन्छ, दुख र सुखको सारथी हाम्रो समाज नै हो तसर्थ कतारमा रहेका नेपाली दिदिबहिनीहरु लाई समाज सगं जोडिन आग्रह समेत गर्नुभयो ।
सभापति खड्काले आफ्नो मन्तव्य बोल्दै तिज बिशेष कार्यक्रमको आयोजना गरेर कतारमा रहेका दिदीबहिनीहरुलाई दर खुवाउने अवसर मिलेकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न सहयोगी संघ संस्था तथा हलमा उपस्थित सम्पुर्णलाई हार्दिक आभार व्यक्त गर्नुभयो । समन्वयका उपाध्यक्ष टेकराज थापाको स्वागत मन्तव्य रहेको थियो । महासचिव देवराज पुनले सहजीकरण गरेको कार्यक्रमको महत्वपूर्ण भुमिकामा संयोजक बिवश बेल्वासेको रहेको थियो ।

