सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा अस्थायी पोष्ट सञ्चालन गरेर राष्ट्रिय परिचय पत्रको व्यवस्था मिलाइएको छ ।
बाह्रबिसे नगरपालिकाले नगरपालिकामै प्राबिधिक टोली बोलाएर राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाउँने काम गरिरहेको छ । बाह्रबिसे नगरपालिका मात्र नभई चौतारा आउँन जान भन्दा बाह्रबिसेमा पाइक पर्नेहरुको लागि सहजता भएको छ भने गाडी नै रिजर्भ गरेर असाय जेष्ठ नागरिकहरुलाई चौतारा लाने बाध्यताबाट हटेको छ ।
सोमबार परिचयपत्रको फोटो खिचाउँनका लागी जम्मा भएका जेष्ठ नागरिकहरुले नगरप्रमुख बालकृष्ण बस्नेतले पहल गरेर बाह्रबिसेमा नै यो सुबिधा उपलब्ध गराई दिएकोमा धन्यबाद दिदै फोटो खिचाएका थिए ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा बाह्रबिसे नगरपालिकाको आयोजनामा परिचय पत्र बनाउँन छुटेका हेर्दा छुटेकाहरुलाई सोमबारबाट राष्ट्रिय परिचय पत्र बनाउने कार्य नगरपालिकामा भइरहेको र यसरी सेवा लिनका लागी नगरबासीहरुलाई अनुरोध गर्दै नगर प्रमुख बस्नेतले नागरिकको सेवा सुबिधाका लागी नै आफु नगर प्रमुख भएको बताउँदै चौतारा गएर परिचय पत्र बनाउँदा दूई तिन दिनसम्म लाग्ने गुनासो आएपछी आफुले नगरमा नै सेवा प्रदान गर्न पहल गरेको र जिल्ला प्रशासन कार्यालयले पनि यसरी सहयोग गरिदिएकोमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यलय लाइ बिशेष धन्यबाद दिनु भयो ।
सोमबारदेखि शनिबारसम्म हुने उक्त कार्यक्रममा सोमबार वडा नं. १ र ४ का नागरिकले सेवा पाएका छन् भने मङ्गलबार वडा नं. २ बुधबार वडा नं. ३ बिहीबार वडा नं. ५ र ६ शुक्रबार वडा नं. ७ र शनिबार वडा नं ८ र ९ का नागरिकहरुले सेवा पाउँने व्यवस्था मिलाइएको नगर उपप्रमुख मन्जु तामाङले जानकारी दिनुभयो ।
उहाँले आ–आफ्नो वडामा सम्पर्क गरी नगरपालिकामा आई आफ्नो राष्ट्रिय परिचयपत्र बनाउन हुन सम्पुर्ण नगरवासिमा आग्रह समेत गर्नुभएको छ । राष्ट्रिय परिचय पत्र नबनाएका सामाजिक सुरक्षा भत्ता लाभग्राही मध्य ७० बर्ष माथिको जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिहरुका लागि राष्ट्रिय परिचय पत्र विवरण दर्ता गराइने भएको छ । 
बनिसकेको राष्ट्रिय परिचय पत्र भने वडाहरुमा वितरण भइरहेको छ । यसैबिच जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी बाह्रबिसेमा भईरहेको परिचय पत्र दर्ताका लागी भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोशी गाँउपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका र जुगल गाउँपालिकाहरुलाई बाह्रबिसेमा पाइक पर्ने हरुलाइ सम्पर्क गराउँन भनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले पालिकाहरुलाई पत्र पठाउँदै उक्त जानकारी गराउँनु भएको हो ।
