सम्पर्क

लडेर घाइते भै उपचाररत दर्जिलाई पर्वत समाजको १ लाख बढी सहयोग

 दर्शन सुनार/लोकप्रिय दैनिक, कतार

पर्वत समाज कतारले पर्वत जिल्ला फलेबास नगरपालीका वार्ड नं १० कुर्घाका तिल वहादुर दर्जीलाई आर्थिक सहयोग प्रदान गरेको छ । गत साउन ८ गते साझ दाउरा काट्ने क्रममा रुख बाट खसेर मेरुदण्डमा गम्भीर चोट लागी पोखरा स्थित गण्डकी अस्पतालमा उपचारत दर्जीलाई समाजले एक लाख दुइ हजार तीन सय एक्काइस रुपैया प्रदान गरेको हो ।
स्थापना देखि नै मानवीय सेवामा सक्रिय संस्थाले संस्थाका सह–सचिव सुधा परियार(अञ्जली) का कान्छो बुबा दर्जीको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा थोरै भएपनी सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष सन्तोष क्षत्रीले बताउनुभयो । अझै पनि अस्पतालमा उपचाररत रहेका दर्जिलाई उपचारमा ठुलो रकम आवश्यक परेको हुँदा पर्वत समाज कतारका सह–सचिव सुधा परियार(अञ्जली) को संयोजकत्वमा आन्तरिक रुपमा आर्थिक सहयोग संकलन गरिएको थियो । साथै समाजले अभियानमा सहभागी भई आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगिहरु प्रती आभार व्यक्त गरेको छ । ’निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वतझ भन्ने मुल नारा सहित सन् २००३ मा पर्वत समाज कतार स्थापना भएको हो ।
(पत्रकार सन्तोष क्षेत्रीको सहयोगमा)