बैजनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
भाद्र १९ गतेनेपालगन्ज । बैजनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजिकरणमा आज सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को अन्तिम चौमासिकमा भएका क्रियाकलापसँगै समग्र बार्षिक प्रगति प्रश्तुतीकरण गरिएको सार्वजनिक सुनुवाईमा सरोकारवाला र सहभागिहरु बिच झण्डै अढाई घण्टासम्मको दोहोरो प्रश्नोत्तर पश्चात ७ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । घोषणा गरिएका प्रतिबद्धताहरुमा जेष्ठ नागरिकहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै घरदैलो स्वास्थ्य सेवा प्रवाह गर्ने, भूमि ऐन अन्तरगत मापदण्ड पुरा भएका भूमिहिन तथा सुकुम्बासीहरुलाई यथासक्य लालपुर्जा उपलब्ध गराउने गरी कार्य गर्ने, चादनी चौक देखि उत्तर तर्फको सडकमा रहेको कल्भर्ट निर्माण नहुदा आवतजावतमा समस्या आएकोले हिउदे अधिबेशन पश्चात कल्भर्ट निर्माणको पहल गर्ने, पालिका भित्र सञ्चालन हुने विकास निर्माणका कार्यहरु समयमा नै पुरा गर...
