सिन्धुपाल्चोकजिल्लाकाको चौतारामा रहेको चौतारा अस्पतालले राजधानीको सरह सुबिधा उपलब्ध गराउँन थालेको छ ।
अस्पतालको नँया भवन निर्माण भए सँगै सेवामा पनी स्तरियता बढाएको हो ।चौतारा अस्पतालमा नै हाड जोर्नी, मानसिकरोग ,नसा रोग, दाँतको रोग लगाएत सबै खाले रोगको परिक्षण गरी उपचारको व्यवस्था गरिरहेको अस्पतालले मिर्गौला रोगीका लागि हेमोडायलायसिस सेवा निःशुल्क दिन थालेपछि सबै खाले बिरामीहरुको लागी उपचारमा सहज भएको छ । यस अघी सामान्य हाड सम्बन्धी उपचारको लागी धुलीखेल धाँउन पर्ने र मिर्गौला रोगीका लागी काठमाण्डौ धाउँन पर्ने बाध्यता हटेको छ भने उपचार पनी छिटो छरितो र सेवामुखी भएको छ । नियमित उपचार आवश्यक पर्ने र सर्वसाधारणको पहुँचभन्दा निकै महंगो मानिने मिर्गौला रोगका बिरामीका लागि जिल्लामै निःशुल्क डायलाइसिस सेवा भएकोमा जिल्ला बासीहरुमा ठुलो राहत भएको छ ।चौतारा अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा रुद्रमणी भण्डारीले हाल अस्पतालबाट जनरल सर्जरी,हाडजोर्नी,नसा ,मानसिक,नाक कान, घाटी, छाला,एक्सरे,भिडीयो एक्सरे , फिजीयो थेरापी,प्रशुती सेवा , सल्यक्रिया, प्रयोगशाला,फार्मेशी , हेमोडाइलासिस सेवा लगाएत अस्पतालबाट पाइने प्राय सबै खाले सुबिधा चौतारबाटै पाइने भए पछी सेवाग्रही बढेको बताउँनु भयो ।
यसका लागी १८जना डाक्टरहरुले सेवा दिइरहेको र हरेक महीनाको दुइ पटक टेकु अस्पतालबाट समेत डाक्टरहरु आएर सेवा दिने गरेको बताउँनु हुँदै डा. भण्डारीले आफुहरु चौबीसै घण्टा नागरिकको सेवामा लागी परेको बताउँनु भयो ।
