सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५मा होटल र खाजाघरमा अनुगमन गरिएको छ ।

अनुगमनमा प्राय होटलहरुमा अनुमती बिना मदिरा बिक्री गरेको भान्छा कोठामा सरसफाइमा ध्यान नदीएको पाइएको थियो । दशैं–तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा बजार अनुगमन तीव्र भएको हो ।

मंगलबार जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका र उद्योग तथा वाणिज्य कार्यालयको संयुक्त टोलीले १९ वटा होटल र खाजाघरमा गरेको अनुगमनमा अधिकांशले बिना लाइसेन्स नै मदिरा बिक्री गर्दै आएको पाइएको थियो ।जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका र उद्योग तथा वाणिज्य कार्यालयको संयुक्त टोलीले गरेको अनुगमनमा धेरै होटल तथा खाजाघरले नियमविपरीत मदिरा बिक्री गरिरहेका पाइएको थियो ।उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले अनुगमनका क्रममा सबै व्यवसायीहरुलाई एक हप्ताभित्र अनुमती लिन समय दिएका छौँ। त्यसपछि नियम उल्लङ्घन गरे नियमानुसार कारबाही गर्ने छौ भन्नु भयो ।

अनुगमनका क्रममा धेरै होटल र खाजाघरमा मूल्यसूची नराखेको, किचेन सफा नगरेको, आवश्यक कागजपत्र नवीकरण नगरेको, र दर्ता नै नगरी व्यवसाय सञ्चालन गरेको पाइएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका सूचना अधिकारी पेशल कुमार पोखरेलका अनुसार, दर्ता नगरेर सञ्चालन भइरहेको एक होटललाई तत्काल दर्ता गर्न कडा चेतावनी दिइएको बताउँनु भयो ।
अनुगमनको क्रममा पोख्रेल ले दर्ता नभएका , इजाजत नभएका , नबीकरण नगरेकाहरुलाइ एक हप्ता भित्र गर्न र सरसफाइ नभएका हरुले तत्काल सरसफाइ गर्नका लागी अनुरोध गरिएको जानकारी दिनु भयो । उपभोक्ता अधिकारकर्मी संसार श्रेष्ठका अनुसार, धेरै व्यवसायीहरू मदिरा बिक्रीका लागि दर्ता गर्नुपर्ने कानुनी व्यवस्था बारे अनभिज्ञ छन्।

गुणस्तरीय सेवा र वस्तु सुनिश्चित होस भन्नका लागी “व्यवसायी मात्र होइन, उपभोक्तामा पनि सचेतना फैलाउन आवश्यक छ, भन्नु भयो । चाडपर्व नजिकिँदै गर्दा अनुगमनको दायरा अझै बढाइएको छ। खाद्यान्न, लत्ताकपडा, माछा–मासु, तरकारी, फलफूललगायत थोक तथा खुद्रा पसलहरूमा पनि नियमित अनुगमन भइरहेको बजार अनुगमन टोलीले जनाएको छ ।व्यवसायीहरू भने अनुगमनलाई सकारात्मक रूपमा लिएका छन्। अनुगमनले तत्काल जरिवाना गरेर आतङ्क फैलाउने होइन, सुधारका लागि सचेत गराउने उद्देश्य बोकेको छ। “सजग गराएर सुधारका उपाय बताइन्छ, यसले हामीलाई व्यवस्थित हुन सहयोग पुग्छ,” भन्ने व्यबसायीहरुको भनाइ रहेको थियो।
