सम्पर्क

चौतारा बजारमै म्याद गुज्रेको सामाग्री

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढि नगरपालिका ५ मा रहेका चौताराबजारको व्यस्त होटल हरुमा म्याद गुज्रेको सामाग्रि भेटिएको छ। विशेष गरि कोकोकोला,फ्याण्टा,फुर्टि हरुमा म्याद गुज्रिएको देखियको हो । म्याद नाघेको सामाग्रीहरु नष्ट गर्दै जरीवाना समेत गरिएको थियो । उद्योग बाणिज्य कार्यलय सिन्धुपाल्चोक,जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक, जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका उद्योग बाणिज्य सङ्घ कार्यलय सिन्धुपाल्चोक ,उपभोक्ता मञ्च सिन्धुपाल्चोक र सञ्चाकर्मिहरुको सयुक्त अनुगमन टोलिले बजार अनुगमन गर्ने क्रममा यस्ता म्याद गुज्रिएका सामाग्रि हरु फेला परेको हो ।अनुगमनका क्रममा उत्पादकको नामै नभएका पप बेकरी समेत भेटीएको छ । बेकरी पपमा कमिला हिडिरहेको देखिएको थियो । अनुगमनमा अधिकांशले बिना लाइसेन्स नै मदिरा बिक्री गर्दै आएको पाइएको थियो । अनुगमनका क्रममा धेरै होटल र खाजाघरमा मूल्यसूची नराखेको, किचेन सफा नगरेको, आवश्यक कागजपत्र नवीकरण नगरेको, र दर्ता नै नगरी व्यवसाय सञ्चालन गरेको पाइएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका सूचना अधिकारी पेशल कुमार पोखरेलले दर्ता नगरी सञ्चालन भइरहेको होटललाई तत्काल दर्ता गर्न नबीकरण नगरेकाहरुलाइ एक हप्ता भित्र गर्न र सरसफाइ नभएका हरुले तत्काल सरसफाइ गर्नका लागी अनुरोध गर्नु भयो । उँहाले आगामी दिनमा नगरपालिकाको सबै वडाहरुमा अनुगमनको व्यवस्थागर्न लागीएको बताउँनु भयो । उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले अनुगमन बजारमा मात्र होइन जिल्ला प्रबेश गर्ने बन्देउमा समेत अनुगमन गरिने ब्यवस्था मिलाउँन लागउिको बताउँनु भयो । उपभोक्ता अधिकारकर्मी संसार श्रेष्ठले उपभोक्ता ठगी गर्ने कुनै पनी व्यवसायीलाइ छुट दिन नसकीने बताउानु हुँदै व्यवसायीहरुले पनी यस बिषयमा चनाखो हुन पर्ने बताउँनु भयो ।