सम्पर्क

बाह्र्बिसेमा सेवाग्रहीद्धारा नगर प्रमुखलाइ धन्यबाद

सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगर पालिकाका प्रमुख बालकृष्ण बस्नेत लगाएत नगर पालिकाकका पदाधिकारी तथा सेवा दिन लागेका सरकारी कर्मचारीहरुलाइ सेवाग्रहीले बिशेष धन्यबाद दिएका छन । नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबीकरण गर्न र बैङ्कहरुले पनी खाता सञ्चालनका लागी राष्ट्र्यि परिचय पत्र अनिबार्य गरे पछी परिचय पत्र बनाउँनका लागी जिल्ला प्रशासन कार्यलयमा बिशेष गरि जेष्ठ नागरिक र अपाङ्ग असायहरुको भिड लागेको थियो भने फोटो खिच्न मात्र २÷३दिन सम्म पालो कुर्न परेको थियो । यो समस्या समाधान गर्नका लागी बाह्र्बिसे नगरपालिकाको बिशेष पहलमा बाह्रबिसे नगर पालिकामै प्राबीधिक टोली बोलाएर राष्ट्र्यि परिचय पत्रको लागी फोटो खिचाउँने काम गरिदिएकोमा स्थानीय सेवाग्रहीले बिशेष धन्यबाद दिएका हुन । यो सेवाबाट अत्यन्तै खुसी भएको फोटो खिचाउँन आउँनु भएकी रामकुमारी रोक्काले बताउँनु हुँदै मेयर बालकृष्ण बस्नेत लगाएत सबैलाइ धन्यबाद छ भन्नु भयो । यसै गरी अर्का सेवाग्रही बखत बादुर रोक्काले चौतारामा गएर २,३ दिन सम्म पालो कुरेर फोटो खिचाउँदा प्रसा पनी करिब ५हजार जती खान बस्न खर्च हुने र भाडा समय बर्बाद हुने काम बाट हामीलाइ मुक्त गरिदिएर यही सेवा दिएकोमा खुशी लागेको बताउँनु भयो । अर्का सेवाग्रही राम माया भण्डारीले यसरी नगर पालिकाले हामीलाइ नगरपालिकामै सेवा दिएकोमा खुशी ब्यक्त गर्दै चौतारामा जाँदा समय र खर्चका कारण नखिचेको फोटो बाह्र्बिसेमा खिच्न पाँउँदा धेरै खुशी लागेको बताउँनु भयो । यसै गरी सन्चमाया तामङ ले नगरमा सेवा लिन पाउँदा सहज र सहजिलो भएको बताउँनु हुँदै यो सेवा बाट धेरैले सुबिधा पाएको बताउँनु भयो । रास्ट्रिय परिचयपत्र बनाउन छुटेका बाह्रबिसे नगर पालिका भोटेकोशी गाँउपालिका ,सुनकोशी गाँउपालिका,त्रिपुरासुन्दरी गाँउपालिका, लिसखुपाखर गाउँपालिका र जुगल गाँउपालिकाका सेवाग्रहीले समेत सेवा लिइरहेका छन । बाह्रबिसे नगर पालिकाको उप प्रमुख मन्जु तामाङले यस अघी फोटो खिचाएर बनाएको परिचय पत्रहरु वडावडामा नै गएर बितरण गरिरहेको र यो पनी आउँना साथ बितरण गरिने बताउँनु भयो । यसै गरी नगर प्रमुख बालकृष्ण बस्नेतले जेष्ठ नागरिक अपाङ्ग, असाय एवम आम नागरिकको खुशी नै आफ्नो खुशी भएकाले आफु यो कार्यबाट खुशी हुनुका साथै नगर प्रमुख भनेको सबैको अभिभावक भएकोले यो भुमिका निर्बाह गरेको बताउँनु भयो । उँहाले टोलिले १६ गते बाट २१ सम्मा बाह्रबिसे नगरपालिकाको ९ वटै वडामा दिने र समय रहेमा छुटपुट भएका ब्यक्तिलाइ पनि रास्ट्रिय परिचयपत्र बनाउने कार्यक्रम रहेको जानकारी दिनु भएको छ। नगरपालिकामा सेवा लिन आउँनु भएका सेवा ग्रहीलाइ नगर प्रमुख बस्नेतले खाना खाजाको समेत ब्यवस्था गर्नु भएको थियो ।