सम्पर्क

ब्रेकिङ न्युज २

दि सिन्धुपाल्चोक विजनेस क्लवद्वारा आगलागी प्रभावितलाई ८० हजार सहयोग

दि सिन्धुपाल्चोक विजनेस क्लवद्वारा आगलागी प्रभावितलाई ८० हजार सहयोग

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
दि सिन्धुपाल्चोक विजनेस क्लवले मेलम्चीमा कातिक ५ गते भएको आगलागी पिडितलाई सहयोग गरेको छ । आज मेलम्ची नगर उद्योग बाणिज्य संघ मार्फत अधिकारी फेन्सिका सन्चालकलाई रु ८० हजार सहयोग गरेको संस्थाका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्षका केन्द्रिय सदस्य नयन बहादुर पण्डितले जानकारी दिनुभयो ।सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य नरेशशलाल श्रेष्ठ , उपाध्यक्ष अमृत खडका, कोषाध्यक्ष रामचन्द्र पराजुली , मेलम्ची नगर उद्योग बाणिज्य संघका अध्यक्ष पुस्कर धिताल लगायत सहभागी हुनुहुन्थ्यो ।गत ५ गते मेलम्ची बजारमा आगलागी दिनेश अधिकारीको उक्त फेन्सि स्टोरमा पुर्ण क्षति भएको थियो ।संस्थाले बिभिन्न समयमा यस्तै सहयोग गर्दै आएको छ ।...
अंग्रेजी निबन्ध लेखन प्रतियोगितामा थाङ्पालधाप माध्यमिक विद्यालय पहिलो

अंग्रेजी निबन्ध लेखन प्रतियोगितामा थाङ्पालधाप माध्यमिक विद्यालय पहिलो

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, साहित्य
पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ स्थित श्री थाङ्पालधाप माध्यमिक विद्यालयको अङ्ग्रेजी विभागद्वारा आयोजित अङ्ग्रेजी निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाकै पुरानो प्रतिष्ठित र शैक्षिक गुणस्तरमा अब्बल बिद्यालयको रुपमा स्थापित श्री थाङ्पालधाप माध्यमिक विद्यालयको अङ्ग्रेजी विभाग द्वारा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा गाउँपालिका भित्रका सबै माध्यमिक विद्यालयहरु सहभागी रहेका थिए । प्रतियोगितामा थाङपालधाप माध्यमिक विद्यालयका आरबि पौडेल पहिलो,श्री भिमविद्याश्रम माध्यमिक विद्यालयका कृष्ण तामाङ दोश्रो, चण्डिका माध्यमिक विद्यालयका दावा साङ्बो बोम्जन तेस्रो र श्री याङ्री एकेडेमीक सेन्टरका मिङमार स्याङ्बो तामाङले सान्त्वना स्थान हासिल गरेको निर्णायक एवम् श्री सरस्वती माध्यमिक विद्यालय ग्यालथुमका प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिनुभयो । वडा कार्यालयको सहयोगमा सम्पन्न ...
क्यान्सर पिडीत वडा सदस्य कुरकुटीको निधन

क्यान्सर पिडीत वडा सदस्य कुरकुटीको निधन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगाढी नगरपालीका वडा नं १० को वडा महिला सदस्य शान्ता कुरकुटीको निधन भएको छ । उँहाको निधनमा नगर पालिकाले दुख ब्यक्त गर्दै शोक बिज्ञेप्ती समेत जारी गरेको छ । नगर प्रमुख कृष्ण प्रसाद सापकोटाद्धारा जारी बिज्ञेप्तीमा असमयिक निधनको खबरले देखी बनाएको जनाइएको छ । वडा अध्यक्ष निल बहादुर तामाङ सुमनले आफ्नो वडाका वडा सदस्यको निधनले आफुलाइ अत्यन्त दुखित बनाएको बताउँदै मृतक प्रति भाव पुर्ण श्रद्धाञ्जली ब्यक्त गर्नु भएको छ ।साथै उँहाले शोक सन्तप्त परिबार प्रती गहीरो समबेदना ब्यक्त गर्नु भएको छ । वडा महिला सदस्य शान्त कुरकुटी विगत केही समयदेखि पाठेघरको क्यान्सर भई उपचार गर्दै आउनु भएको थियो । कुरकुटी को पाठेघरको क्यन्सार भएको कारण भक्तपुर क्यान्सर अस्पतालले रोकथामाका लागी किमो लगाएर खत्रीथोक स्थित घरमा आए पछी निधन भएको हो । उहाँको निधनमा गहीरो देख ब्यक्त गर्र्दै नेपाली...

प्रधानमन्त्रीद्वारा अन्तरनिर्वाचन क्षेत्र मतदानको सम्भावनाबारे छलफल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, २७ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्रमा मतदानको व्यवस्था आवश्यक रहेको बताउनुभएको छ ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा उहाँले सरोकारवालासँग अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताका सम्बन्धमा छलफल गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “मतदाता ओसार्नुपर्ने बाध्यताले उम्मेदवार र दलहरूमाथि आर्थिक भार निकै ठूलो परिरहेको र त्यसले भ्रष्टाचारलगायत अरु बेथिति पनि देखापरेको छ, यसका लागि एउटा सुदृढ कदम चाल्नुपर्ने आवश्यकता छ ।”पुरानै तरिकाको निर्वाचन गर्ने हो भने त जेनजी आन्दोलन गर्नुको कुनै अर्थ नहुने उल्लेख गर्दै उहाँले एउटा सन्देशयुक्त काम गर्न आवश्यक रहेको बताउनुभयो ।“भोलिका लागि पनि प्रणाली स्थापित गरौँ, हामीले गर्न खोजेको पहलमा राजनीतिक तहको समझदारी पनि हुनुपर्छ”, उहाँले भन्नुभयो, ...

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
राँझा (बाँके), २७ कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । हडियाबाबाको पुण्यस्मृति दिवसका अवसरमा प्रत्येक वर्ष सञ्चालन हुने मेलामा नेपालको विभिन्न जिल्लाका साथै भारतबाट समेत सयाँै साधुसन्तको सहभागिता हुने गरेको छ । चिसो मौसमको बेवास्ता गर्दै साधुसन्त दिनरात हडियाबाबा मन्दिर परिसरको खुल्ला बगैँचामा बिताएका छन् । हडियाबाबाको ६०औँ पुण्यस्मृति दिवसका अवसरमा मन्दिरमा यही कात्तिक २१ गतेदेखि सुरु भएको छदिने हडियाबाबा धार्मिक मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट ७०० भन्दा बढी साधु तथा सन्त उपस्थित भएका हडियाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले जानाकारी दिनुभयो । “रातको समयमा पनि साधुसन्तहरु मन्दिर परिसरमा आगो तापेर भजनकीर्तनमा रमाउने गर्नुहुन्छ”, अध्यक्ष वैश्यले भन्नुभयो, “मेलामा प्रत्येक दिन उपस्थित सा...

पाँचपोखरीमा टेलिकम टावर स्थापना अनुमति,

ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
तीन वर्षको अथक प्रयास पाँचपोखरी क्षेत्रमा टेलिकम टावर स्थापना गर्नका लागि आवश्यक अनुमति अन्ततः प्राप्त भएको छ। निकुञ्जको स्वीकृतिसँगै अब यस क्षेत्रका तीर्थयात्री, पर्यटक तथा स्थानीय बासिन्दाले लामो प्रतीक्षापछि दूरसञ्चार सेवाको पहुँच पाउने आशा गरिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले तीन वर्षदेखि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै अथक तीन वर्षको प्रयासपछि अन्ततः पाँचपोखरीमा टेलिकम टावर राख्नका लागि निकुञ्जबाट अनुमति प्राप्त भएकोमा असाध्यै हर्षित भएको बताउनुभयो । तीर्थयात्री, पर्यटक र आम नागरिकको दीर्घ प्रतीक्षालाई अन्त्य गर्दै अब चाँडै टेलिकम टावर स्थापनाको कार्य अघि बढ्ने उहाँले विश्वास ब्यक्त गर्नुभयो । यससँगै पाँचपोखरीसम्म विद्युत् लाइन विस्तारका लागि पनि आवश्यक स्वीकृतिको कानुनी प्रक्रिया अगाडि बढिरहेको लामाले बताउनुभयो । अभियानको प्रारम्भदेखि साथ, सहयोग र समझदारीक...

डबल्याङ नर्सिङडाँडा सामुदायिक लिफ्ट खानेपानीमा धन बहादुर

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३मा रहेको डबल्याङ नर्सिङडाँडा सामुदायिक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । चौतारासामाजिक बिकास समितीका संयोजक तथा १३ नं वडाका वडा अध्यक्ष राम प्रसाद गौतम को प्रमुख अतिथ्यतामा भएको अधिबेशनले पुनः धन बहादुर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । संस्थाका अध्यक्ष धन बहादुर श्रेष्ठको सभापतित्वमा शनीबार भएको सधारण सभाको उद्धघाटन गर्देै प्रमुख अतिथी गौतमले वडाका सबै नागरिकहरुलाइ खाने पानीको समस्या बाट मुक्त गराउँनका लागी सबै लागी पर्नु पर्ने बताउँदै खाने पानी तथा सरसफाइमा समिती उपभोक्ता सबैको आआफ्नो क्षेत्रबाट सहयोग गरेर स्थाइ रुपमा समस्या समधानमा लाग्नु पर्ने बताउँनु भयो । कार्य समितिको अध्यक्षमा धन बहादुर श्रेष्ठ उपाध्यक्षमा देबकी रोक्का सचीव मा दिवाकर फुय...
जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
पाख्रीन तामाङ समाज सिन्धुपाल्चोकको अध्यक्षमा जगबहादुर जगबहादुर पाख्रीनको अध्यक्षतामा पाख्रीन तामाङ समाज सिन्धुपाल्चोकको नँया कार्यसमिति चयन गरिएको छ । आज काठमाडौमा शुक्र पाख्रीनको प्रमुख आतिथ्य र संयोजक जगबहादुर पाख्रीन सहितको उपस्थितमा भएको भेलाबाट उपाध्यक्षहरुमा सन्देश पाख्रीन तामाङ बिरबहादुर पाख्रीन र शिशिर पाख्रीन चयन हुनुभएको छ । त्यस्तै सचिवमा दोकदोक पाख्रीन , कोषाध्यक्षमा गंगा पाख्रीन , चयन हुनुभएको उपाध्यक्ष सन्देश पाख्रीनले जानकारी दिनुभयो ।...

नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा ४६ जनाले गरे रक्तदान

अन्तर्वाता, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
देवराज सुवेदी /तातोपानी नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा तातोपानी मावि तातोपानी , भोटेकोशीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन ।शिक्षक, कर्मचारी तथा स्थानीयले रक्तदानमा सहभागीता जनाएको नेपाल शिक्षक संघ प्रदेश कार्यसमिति सदस्य तथा नेपाल रेडक्रस सिपाघाट उपशाखा सभापति केशव डोटेलले जानकारी दिनुभयो । नेपाल शिक्षक संघ प्रदेश कार्यसमिति अध्यक्ष दिपक शिंखडाको प्रमुख आतिथ्यतामा तथा जिल्ला अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन जिल्ला सचिव रुद्र कार्कीले गर्नुभएको थियो ।कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी भक्तपुरले गरेको थियो ।...

सिन्धुपाल्चोककाे हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक । जिल्लाकाे हेलम्बु गाउँपालिकास्थित हेलम्बु प्राथमिक अस्पतालमा चार दिनसम्म चलेकाे बृहत स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ। हेलम्बु गाँउपालिकाको आयोजना, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वय, ग्रेस बब्तिस चर्च ताईवान र फेयरमेडको सहयोगमा स्वास्थ्य शिविर भएको हाे। जसमा ९३७ जनाले सेवा लिएका छन् ।       हेलम्बु गाँउपालिकाको आयोजना, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वय,फेयरमेड र महिला आत्मनिर्भरता केन्द्रद्वारा संचालित सिन्धु स्वास्थ्य परियोजनाले ४ जना विशेषज्ञ डाक्टर उपलब्ध गराइ सहयोग गरेको थियो शिविरमा दन्त सेवा लिने ३८५ जना, स्त्री रोगकाे सेवा लिने १७४ जना, छाला रोगकाे सेवा लिने ६२ जना र सामान्य जाँच सेवा ३१६ जनाले लिएका छन् । यसलाई मांक, बौद्ध डुनामिस चर्च र ग्याल्थुम डुनामिस चर्जले समन्वय गरेका थिए। शिविरको गत साेमबार गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा...