सम्पर्क

क्यान्सर पिडीत वडा सदस्य कुरकुटीको निधन

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगाढी नगरपालीका वडा नं १० को वडा महिला सदस्य शान्ता कुरकुटीको निधन भएको छ । उँहाको निधनमा नगर पालिकाले दुख ब्यक्त गर्दै शोक बिज्ञेप्ती समेत जारी गरेको छ । नगर प्रमुख कृष्ण प्रसाद सापकोटाद्धारा जारी बिज्ञेप्तीमा असमयिक निधनको खबरले देखी बनाएको जनाइएको छ । वडा अध्यक्ष निल बहादुर तामाङ सुमनले आफ्नो वडाका वडा सदस्यको निधनले आफुलाइ अत्यन्त दुखित बनाएको बताउँदै मृतक प्रति भाव पुर्ण श्रद्धाञ्जली ब्यक्त गर्नु भएको छ ।साथै उँहाले शोक सन्तप्त परिबार प्रती गहीरो समबेदना ब्यक्त गर्नु भएको छ । वडा महिला सदस्य शान्त कुरकुटी विगत केही समयदेखि पाठेघरको क्यान्सर भई उपचार गर्दै आउनु भएको थियो । कुरकुटी को पाठेघरको क्यन्सार भएको कारण भक्तपुर क्यान्सर अस्पतालले रोकथामाका लागी किमो लगाएर खत्रीथोक स्थित घरमा आए पछी निधन भएको हो । उहाँको निधनमा गहीरो देख ब्यक्त गर्र्दै नेपाली काँग्रेस १० नं वडा इकाइ सभाती मन्दु थापाले मृतक शरिरमा नेपाली काँग्रेसको झण्डा ओढाएर अन्तीम श्रद्धान्जली ब्यक्त गर्नु भएको थियो । उँहाले पाटीको तर्फबाट निर्बाचित वडा सदस्य कुरकुटीको उपभारकै क्रममा भएको निधनका कारण पाटीलाइ ठुलो क्षेती पुगेको बताउँनु भयो । साथै उँहाले स्वर्गीय कुरकुटीप्रती हार्र्दीक श्रद्धान्जली ब्यक्त गर्दे शोकाकुल परिबार प्रती समबेदना प्रकट गर्नु भयो । उँहाको सुकेटेमा परम्पार अनुसार अन्तेष्टी गरिएकोे थियो ।