कम्प्युटर एसोसिएसन नेपाल महासघ , जिल्ला शाखा सिन्धुपाल्चोक को १४ औं साधारणसभा एक समारोहका बिच सम्पन्न भएको छ ।

चौतारा सागाचोकगढी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा भएको उक्त साधरण सभाको अबशरमा नगरभरिका माध्यामिक बिध्यालय हरुलाई आइटी क्लब र यसको महत्व विषयक अभिमुखिकरण कार्यक्रम समेत गरिएको थियो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख सापकोटा को प्रमुख आतिथ्यता तथा क्यान महासघ केन्द्रका का उपाध्यक्ष शेखरनाथ दुलालको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । क्यान महासंघ सिन्धुपाल्चोकका अध्यक्ष दिपक थापाको सभापतित्वमा भएको कार्यक्रममा नगर स्तरिय आइ टी क्लब समेत गठन गरिएको छ । कार्यक्रममा सस्थाका सहसचिब सुभाष कुँबरले कार्यक्रमका बारेमा जानकारी दिनु भएको थियो भने कोषाध्यक्ष सुभाष श्रेष्ठले आयब्यय बिबरण प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नगर शिक्षा समितीका राजु पराजुलीले बिद्यालयमा आइटी क्लब गठन गरेर कम्प्युटर सम्बन्धी ज्ञान दिन लागेकोमा धन्यबाद दिनु भयो भने क्यानका केन्द्रीय उपाध्यक्ष दुलालले सिन्धु पाल्चोकमा क्यान महासघले गरेको कामहरु प्रती बिशेष धन्यबाद दिनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी सापकोटाले नगरका हरेक कामहरुमा आइटीको बिशेष भुमिका रहने भएको हुँदा यसको सही सदुपयोगका लागी महासघले खेलेको भुमिका प्रती धन्यबाद दिदै अहीलेको अबस्थामा ससारमा सबै भन्दा धेरै व्यत्तीहरुका लागी यो अती आबश्यक भइ सकेको बताउँनु भयो । उँहाले नवगठीत नगर स्तरीय क्यान लाइ कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।
सस्थाका सचिब मणी सुन्दर कोइरालाले सञ्चालन गर्नु भएको कार्यक्रममा नगर भित्रका बिद्यालयका बिद्यार्थी र शिक्षक प्रतिािधीहरुको उपस्थिती रहेको थियो ।
