सम्पर्क

डबल्याङ नर्सिङडाँडा सामुदायिक लिफ्ट खानेपानीमा धन बहादुर

 

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३मा रहेको डबल्याङ नर्सिङडाँडा सामुदायिक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । चौतारासामाजिक बिकास समितीका संयोजक तथा १३ नं वडाका वडा अध्यक्ष राम प्रसाद गौतम को प्रमुख अतिथ्यतामा भएको अधिबेशनले पुनः धन बहादुर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । संस्थाका अध्यक्ष धन बहादुर श्रेष्ठको सभापतित्वमा शनीबार भएको सधारण सभाको उद्धघाटन गर्देै प्रमुख अतिथी गौतमले वडाका सबै नागरिकहरुलाइ खाने पानीको समस्या बाट मुक्त गराउँनका लागी सबै लागी पर्नु पर्ने बताउँदै खाने पानी तथा सरसफाइमा समिती उपभोक्ता सबैको आआफ्नो क्षेत्रबाट सहयोग गरेर स्थाइ रुपमा समस्या समधानमा लाग्नु पर्ने बताउँनु भयो । कार्य समितिको अध्यक्षमा धन बहादुर श्रेष्ठ उपाध्यक्षमा देबकी रोक्का सचीव मा दिवाकर फुयाल कोषाध्यक्ष मा देवकी भण्डारी (गिरी ) रहनु भएको छ भने सदस्यहरुमा धनेश्वर गिरी , शान्ता गिरी,यम बहादुर गिरी ,ज्ञान बहादुर गिरी ,बालकृष्ण राना रहनु भएको छ ।