निवर्तमान सांसद तथा नब गठीत नेपाली कम्युनिष्ट पाटीका माधव सापकोटा सुवोधले बर्तमान सरकार उकालोमा जाँदै गरेको लोड गाडीमा ओत हालेर अड्केको सरह भएको बताउँनु भएको छ ।
बर्तमान उकालोमा रहेको गाडीको ब्रेक सही ढङ्गबाट बनाएर अगाडी बढाउँन सके सफलतामा पुगीने बताउँदै समयमा बे्रक नबनाए वा बनाइएको ब्रेकले काम नगरे ठुलो दुर्घटना हुने उक्त दुर्घटना कसैले पनी रोक्न नसक्ने बताउँनु भयो । बर्तमान सरकारको पनी हालत यही हो भन्नु भयो । उँहाले हालको जेनजी आन्दोलनलाई विध्वंस नभई सुधारको चेतना र राजनीतिक रूपान्तरणको आवश्यकताका भएको हाफुहरुले महशुस गरेको बताउँनु भयो । नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखामा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा विभिन्न समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्ने क्रममा “जेनजी आन्दोलनलाई एउटा क्रान्तिका रूपमा सबै दलले स्वीकार्नुपर्छ , यो विध्वंस होइन, घुसपैठ र कुशासनविरुद्धको जनचेतना हो भन्नु भयो सापकोटाले फागुनमा चुनाब भएको रेकर्ड नभेटीएको र उक्त मितीमा हिमालमा हिउ पग्लन बााकी रहेका कारण निर्बाचन सर्न सक्ने सङ्केत मिलेको भन्नु हुँदै अब हुने निर्वाचनमार्फत राजनीतिक निकास दिनुपर्ने आवश्यकता रहेको र जनताको विश्वास पुनःस्थापित गर्न पनी निर्वाचनको जरुरी रहेको बताउँनु भयो । उँहाले एमालेले संसद पुनःस्थापनाको कार्यक्रम तल्लो तहसम्म पु¥याइरहेको विषयमा सापकोटाले टिप्पणी गर्दै “त्यो बाटोले निकास आउँदैन, सबै दल ताजा जनादेशमा जानैपर्छ कांग्रेस पनि चुनावको तयारीमा छ,जेनजी आन्दोलनको मूल कारण राजनीतिक अस्थिरता, कुशासन र शासन प्रणालीको सीमामा रहेको बताउँनु भयो । साथै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा भएको परेडमा सहभागिता जनाएर असंलग्नता नीतिको उल्लंघन गरेको कारण विदेशी हस्तक्षेप समेत उक्त आन्दोलनमा मिसिएको हुनसक्ने तथ्यहरू सार्वजनिक हुँदै गएको बताउँनु भयो ।सापकोटाले “कम्युनिस्ट पार्टीको नाङ्लो पसल अन्त्य गरेर एउटामात्र केन्द्र बनाउने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो। जनार्दन र विप्लव पनि यहीँ आउनुपर्छ। अन्ततः एमालेसँग एकता गरेर देशलाई निकास दिनुपर्छ भन्नु भयो । सञ्चार कर्मीहरुले निर्बाचनमा मिलेर भोट लिने जिते पछी आफु आफु बिच झगडा गर्ने काम भएकोमा जनताले तपाइहरु सँग के आशा राख्ने भनी सोधेको प्रश्नमा आफ्नो पनी अस्तीत्व र पाटीका कार्यकर्ताका लागी केही कुराहरुमा बिरोध गर्नु परेको बताउँनु भयो । नेपाल पत्रकार महासंघ सिन्धु शाखाको सयोजनमा उक्त भेटघाट कार्यक्रम गरिएको हो ।
