सम्पर्क

उज्यालो बचत तथा ऋण सहकारी सस्थाको १७औ साधरण सभा सम्पन्न

 

सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढीनगर पालिकामा रहेको उज्यालो बचत तथा ऋण सहकारी सस्थाले आफ्रनो १७औ साधरण सभा एक समारोहका बिच सम्पन्न गरेको छ ।

oplus_2

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा सम्पन्न साधरण सभाको बन्द सत्रले बत्तीस करोड पचिस लाख बयानब्बे हजार एकशय सत्ताइस रुपैयाको आम्खानी खर्च अनुमोदन गरेको छ । सस्थाका कोषाध्यक्ष ललित रानाले प्रस्तुत गर्नु भएको आर्थीक प्रतिबेदनमा छलफल हुँदा सर्बसम्मत पारित गरिएको थियो । यसै गरी सस्थाका सचिब चन्द्र बहादुर खत्रीले प्रस्तुत गर्नु भएको बार्षीक प्रगती कार्यक्रम र आगामी बर्षको निती तथा कार्यक्रम समेत सर्बसम्मत पारित गरिएको छ । साधरण सभाको उद्धघाटन नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले गर्नु भएको थियो ।      उद्धघाटन समारोहलाइ सम्बोधन गर्देै नगर प्रमुख सापकोटाले उत्पादनमुखी सहकारी सस्थाहरुलाइ अनुदान सहयोग गर्न नगर पासलिकाले कार्यक्रम ल्याएको बताउँनु हुँदै उत्पादनमुखी र परिणाम मुखी काम गरी स्थानीय स्तरमा रोजगारको श्रृजना गर्न सबै लागी पर्नु पर्ने बताउँनु भयो । उँहाले उज्यालो सहकारी सस्थाका सञ्चालकहरुको सफल ब्यवस्थापनका कारण दुइहजार भन्दा माथीका मान्छेहरुले बिश्वास गरेको बताउँदै सहकारतिाका माध्यमबाट गरेका कामहरु प्राय सफलतामा रहने गरेको बताउँनु भयो । कार्यक्रममा ५ नं वडाका वडा अध्यक्ष शिब श्रेष्ठले सहकारी सस्थाहरु व्यवसायीमुखी भन्दा पनी समाजसेवाको रुपमा पनी स्थापित हुने गरेकोले समाज सेवामा लागेका हरुले सामाजीक बिकासको भुमिका निर्बाह गर्न पनी आग्रह गर्नु भयो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै सहकारी सस्थाका उपाध्यक्ष टङ्क कार्कीले सहकारी सस्थालाइ यो स्थिती सम्म ल्याउँनका लागी शेयर सदस्यहरुको ठुलो भुमिका रहेको बताउँनु हुँदै सञ्चालक समितीका काम कार्यहरुका बारेमा जानकारी लिएर सस्थालाइ सही माषर््मा हिड्न सिकाउँने शेयर सदस्यहरु भए सम्म सस्था प्रगतीको बाटोमा गइरहने बताउँनु भयो । कार्यक्रममा शेयर सदस्यहरु पुन्य प्रसाद न्यौपाने,गङ्गा प्रसाद नेपाल लगाएतले शुभकामना ब्यक्त गर्नु भएको थियो । १०३ जना शेयर सदस्यहरुबाट २०६६साल बैशाख १ गते देखी कारोबार शुरु गरेको उक्त सस्थामा २०८२ असार मसान्त सम्म १००४जना महीला र ८९८जना पुरुष गरी जम्मा १९०२जना शेयर सदस्य रहेका छन । सहकारी सस्थाको शेयर रकम एघार करोड उनान्चालीस लाख तिस हजार दुइ शय रहेको छ । शेयर सदस्यहरुको भनाइ राख्नकालागी सञ्चालकको तर्फबाट हरी कुमार श्रेष्ठले सहजीकण गर्नु भएको थियो ।