सम्पर्क

ब्रेकिङ न्युज २

मधेशले पाएको अधिकारलाई सुरक्षित राख्नु नै अहिलेको चुनौती

मधेशले पाएको अधिकारलाई सुरक्षित राख्नु नै अहिलेको चुनौती

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौं, पुस ६ गते । विदेशमा बस्ने नेपालका मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले शनिबार काठमाडौंमा जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक परिवेशमा केन्द्रित रहेर विचार मन्थन कार्यक्रम आयोजना गरेको छ । परिवर्तनशील समयमा मधेश भन्ने शीर्षकमा आयोजना गरिएको विचार मन्थन कार्यक्रममा बोल्दै जनमत पार्र्टीका अध्यक्ष डा. सिके राउतले जेनजी आन्दोलनपछि मधेश कहाँ छ भनी आफूहरुले खोजिरहेको बताउनुभयो । डा. राउतले जेनजी आन्दोलनपछि आफू र आफ्नो पार्टीका सांसदले राजीनामा दिएको, तर पछि संघीयता र संसदीय व्यवस्थामाथि नै प्रहार हुन थालेको आफूले पाएको बताउनुभयो । जेनजी आन्दोलनपछि आफूले मधेश खोज्न थालेपछि एक शीर्ष जेनजी नेताले आफूलाई धम्की दिएको उहाँले बताउनुभयो । मधेश आन्दोलन त्यतिकै भएको होइन, मधेशले पहिचान त्यतिकै पाएको होइन, त्यसका लागि धेरैले बलिदानी दिएको राउतले बताउनुभयो । मधेश आन्दोलन...

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, ५ पुस : हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।...

हेलम्बुको किवी काठमाडौंमा: सानो उत्सव, किसानका लागि ठूलो सम्भावना

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, स्वास्थ्य
काठमाडौं | मंसिर २७ गते सनिवार बौद्ध किसान बजारमा गत साता सम्पन्न किवी महोत्सवले एउटा महत्वपूर्ण सन्देश दिएको छ ,किसान र उपभोक्तालाई सिधै जोड्न सकिने हो भने यसले ग्रामीण किसानको जीविकोपार्जन र उपभोक्ताको स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव पार्न सक्छ। मंसिर २७ गते शनिबार आयोजित महोत्सवमार्फत हेलम्बुका किसानहरूले उत्पादन गरेको ताजा र जैविक किवी बिचौलिया बिना सिधै काठमाडौंका उपभोक्तासम्म पुग्यो। किवीसँगै आलु र सिमि,स्कुस ,सिताके च्याउ,केरा कागती आदि सामाग्री बिक्रीका लागि ल्याइयो थियो।जसले हेलम्बु र काठमाडौंबीचको पहिलो प्रत्यक्ष बजार सम्बन्ध स्थापना गर्‍यो। परम्परागत रूपमा आलु र मुला उत्पादनका लागि चिनिएको हेलम्बु क्षेत्रमा AYTHOS को पहलपछि किसानहरूले किवी खेती सुरु गरेका हुन्। २,५०० मिटरभन्दा माथिको उचाइ, उपयुक्त माटो र हावापानीका कारण यहाँ किवी उत्पादन राम्रो हुँदै आएको छ। तर उत्पादन भए पनि ...

मापदण्ड भित्र रहि गुणस्तरीय काम गर्न मन्त्री तामाङको निर्देशन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
  बागमती प्रदेश सरकारका खानेपानी,उर्जा तथा सिचाइ मन्त्री मा.कृष्णकुमार तामाङ समिरले सरकारको मापदण्ड भित्र रहि आवश्यक प्रक्रिया पुरा गरेर गुणस्तरीय काम गर्न र गराउन कार्यालयका प्राबिधिक र निर्माण ब्यबसायिलाई निर्देशन दिनुभएको छ । उँहाले –भोटेचौर –काउलेदोभान सडक अन्तर्गत सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका खण्डमा भइरहेको कालोपत्रे कामको अनुगमनका क्रममा यस्तो बताउँनु भएको हो । मन्त्री तामाङले सडक डिभिजनका प्राबिधिक र स्थानियबासिहरुको उपस्तिथिमा अनुगमन तथा निरीक्षण गर्नु हुँदै मापदण्ड बिपरित र गुणस्तरहिन काम हुँदा भुक्तानी रोकीने भएकाले मापदण्ड अनुसार गुणस्तरीय काम गर्न गराउँन समेत उँहाले अनुरोध गर्नु भयो । आफ्नो ठाँउको बिकासका कामहरु मा आफुले पनी रेखदेख गर्न पर्ने र गुणस्तरहिन काम भएको पाइएमा सम्बन्धीत निकायलाइ खबर गर्न समेत स्थानीयले चासो राख्न पर्ने बताउँनु भयो । मन्त्री तामाङले ...

रक्तदान गर्दै सम्पन्न सिन्धुपाल्चोकमा पत्रकार महासंघको स्थापना दिवस

खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
मंसीर २५गते, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले मंसिर २५ गते आफ्नो स्थपना भएको ३८बर्ष पुरा भएको भन्दै ३८ औँ स्थापना दिवस मनाएको छ । नेपाल पत्रकार महासघं जिल्ला शाखा सिन्धुपाल्चोकले आफ्नो स्थपना दिबस मनाएको छ । “समाजको पहरेदार, म जिम्मेवार पत्रकार” भन्ने मूल नारासहित बजारमा प्रभातफेरी लगाउँदै महासघंको कार्यलयमा गएर रक्तदान गर्दै शुभकामना मन्त्ब्यमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा, स्वास्थ्य परीक्षण, परिचयपत्र वितरण तथा संघको आधिकारिक वेबसाइट ालवकष्लमजगउबअिजयप.यचन को औपचारिक शुभारम्भ समेत गरिएको छ ।सोही अबशरमा ब्लड डोनर्स एसोसिएसन नेपाल ( ब्लोदान) सिन्धुपाल्चोकको सहकार्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा कुल १९ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा शुभकामना मन्तब्य दिदै नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमीद बागचन्दले पत्रकारिताको विकासको इतिहास बताउदै, देशमा भएका सबै ...

नगर अपाङ्गता सम्मन्वयको प्रतियोगिता सँगै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले नगर अपाङ्गता समन्वय समितिमार्फत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरेको छ । नगर अपाङ्गता समन्वय समितिमार्फत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विशेष कार्यक्रम प्रभातफेरी र संदेशमूलक लोकगीत प्रतियोगिता सहित सम्पन्न भएको हो । नगरपालिकाको आर्थीक सहयोगमा आयोजित प्रतियोगितामा सहभागी १४ समूहले भाग लिएको सचिब बिनोद श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार प्रतिश्पर्धीहरूमध्ये रामदेवी माध्यमिक विद्यालयका महिला शिक्षक समूहले उत्कृष्ट प्रस्तुती दिदै प्रथम स्थान हात पार्न सफल भएका थिए भने दयाका हातहरू समूह दोस्रो र अपाङ्गता समावेशी समूह तेस्रो भए । त्यसै गरि आहालडाँडा महिला समूह र सिद्धिगणेश महिला समूहलाई सान्त्वना प्रदान गरियो । विजयी समूहहरूले क्रमशः १५ हजार, १० हजार, ७ हजार ५ सय त...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

ब्रेकिङ न्युज २, समाचार
शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५ निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५२ हजार ४०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५५५ मा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार १९८ र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।...

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

ब्रेकिङ न्युज २, समाचार
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् । आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १ देखि अपराह्न ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ । यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । यस्तै, आगामी माघ ३० ग...
कोही पनी मानीस गरिबीको रेखामुनी हुन हुँदैन

कोही पनी मानीस गरिबीको रेखामुनी हुन हुँदैन

अन्तर्वाता, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
बागमती प्रदेस सहकारी तथा गरिबी निबारण मन्त्री बिनु रायमाझी पौडेलले कुनै पनी नागरिक गरिबीको रेखामुनी हुन नहुने बताउँनु भएको छ । यसका लागी बागमती प्रदेस सरकार प्रयत्न सिल रहेको बताउँनु भयो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं १४को एकीकृत माझी बस्तीमा रहेको झमला देबी आधारभुत बिद्यालयमा जेष्ठ नागरिलाइ न्यानो कपडा तथा बिद्यार्थीहरुलाइ शैक्ष्कि सामाग्री बितरण गर्दै उाहाले यस्तो बताउँनु भएको हो । एकीकृत माझी बस्ती कालो सुची परेको बारेमा दुख लागेको बताउँदै नेत्र ज्योती कृषी सहकारी सस्था मार्फत यँहाका नागरिकलाइ केही रोजगार होस भनेर तालिम सुरु गरेको बताउँनु हुँदै बस्ती हस्तानन्तरण भइ नसक्दै बैङ्कबाट कालो सुचीमा पर्नु आफुलाइ दुख लागेको बताउँनु भयो । उाहाले बिद्यार्थीहरुका लागी शैक्षिक सामाग्र िबितरण गर्न का लागी मौका जुटाइदिएकोमा नेत्रज्योती कृषी सहकारी सस्थालाइ बिशेष धन्यबाद ...
बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले स्वास्थ्य शिबीर सहित ३४औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा प्रधान कार्यालय रहि नगरस्तरिय कार्यक्षेत्र रहेको बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले आयुर्वेदीक चिकित्सालय जिल्ला कार्यालय सिन्धुपाल्चोक र सामुदायक स्वास्थ्य केन्द्र डडुवा र गैरटार स्वास्थ्य चौकीका संयुक्त टोलीले शिबीरमा स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी बितरण गरेका थिए । अपाङ्गता भएका ब्यक्तीहरुको ३४औं अन्तराष्ट्रिय अपाङ्गता दिबशका अवसरमा आयोजित शिवीरको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले अशाय, अपाङ्ग, ६०बर्ष माथीका जेष्ठ नागरिक एकल महिला, सिमान्तकृतहरुका लागी नगरपालिकाले स्वास्थ्य बिमा गरिदिने ब्यवस्था गरेको बताउँनु भयो । नगर प्रमुख नगरप्रमुख सापकोटाले बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी संस्थाले दिव...