सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले नगर अपाङ्गता समन्वय समितिमार्फत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरेको छ । नगर अपाङ्गता समन्वय समितिमार्फत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विशेष कार्यक्रम प्रभातफेरी र संदेशमूलक लोकगीत प्रतियोगिता सहित सम्पन्न भएको हो । नगरपालिकाको आर्थीक सहयोगमा आयोजित प्रतियोगितामा सहभागी १४ समूहले भाग लिएको सचिब बिनोद श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार प्रतिश्पर्धीहरूमध्ये रामदेवी माध्यमिक विद्यालयका महिला शिक्षक समूहले उत्कृष्ट प्रस्तुती दिदै प्रथम स्थान हात पार्न सफल भएका थिए भने दयाका हातहरू समूह दोस्रो र अपाङ्गता समावेशी समूह तेस्रो भए ।
त्यसै गरि आहालडाँडा महिला समूह र सिद्धिगणेश महिला समूहलाई सान्त्वना प्रदान गरियो । विजयी समूहहरूले क्रमशः १५ हजार, १० हजार, ७ हजार ५ सय तथा सान्त्वना दुवै समूहले ३–३ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्राप्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी चौतारासाँगाचोकगढी नगरपालिकाकानगर प्रमुख कृष्णप्रसाद सापकोटाले अभियानले स्थानीय तहमा उत्पीडनका रूपहरू पहिचान गर्न र सामुहिक रूपमा समाधान खोज्न सहयोग पुगेको बताउँदै विगतका दिनहरूमा नेपाली जनताले भोगेको शोषण र पीडाको अवस्था हुदै अहिले जनप्रतिनिधिलाई बाटोमा नै भेटेर गुनासो पोख्ने वातावरण सृजना भएको बताउँनु भयो । पुरस्कारको बितरण गर्दै नगर प्रमुख सापकोटाले लक्षित वर्ग को हक हित र अधिकार सुनिश्चित गर्न नगरपालिका सधै तत्पर रहेको बताउँनु भयो ।कार्यक्रममा नगर उप–प्रमुख सीता थापाले लैङ्गिक हिंसा रोकथामको बाटो समुदायबाटै सुरु हुनुपर्ने उल्लेख गर्दै यस्ता अभियानहरूले समाजमा देखिने मौनता तोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउँनु हुँदै कानुन र संविधानले दिएको अधिकार हामीले व्यवहारमा कार्यनयन गर्न सकेको वा नसकेको कुरा मुल्यांकन गर्न आवश्यक रहेको बताउँनु भयो ।त्यसैगरी, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले लैङ्गिक हिंसा तथा मानव अधिकार उल्लङ्घनविरुद्ध सरकारी निकाय, स्थानीय तह, नागरिक समाज र समुदाय सबैको एकीकृत प्रयास आवश्यक रहेको बताउँनु भयो । नेपाल पत्रकार महासंघ जिल्ल शाखाका उपध्यक्ष कमला पाख्रीनले अपाङ्गता भएका ब्यक्तीहरुले पनी ठुलाठुला काम गर्छन भन्ने थुप्रै उदाहरण भएको भन्दै काम गर्ने अबशर जुटाइदिन सबैमा आग्रह गर्नु भयो ।
आयोजक नगर अपाङ्गता समन्वय समितिका अनुसार १६ दिने अभियानले स्थानीय स्तरमा लैङ्गिक हिंसा तथा मानव अधिकारसम्बन्धी मुद्दाहरू उजागर गर्न, समाजमा रहेका गलत धारणामाथि संवाद सुरु गर्न र सबै तहको समावेशी सहभागिता बढाउन सहयोग पुगेको छ ।ज्ञानमन्दिर मावि विद्यार्थी समुहका साना बहिनीहरुको प्रस्तुतिलाइ स्म्मान स्वरुप रु २००० नगद समेत प्रदान गरीएको थियो । नगर सम्मन्वय समितीका अध्यक्ष कृष्ण बहादुर तामा तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
