सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले एक समारोहका बिच बाढी पहिरोबाट घरवार गुमाएका परिवारलाइ घर निर्माण सम्पन्न प्रमाणपत्र हस्तान्तरण गर्नु भएको हो।
बाह्र्बिसेनगरपालिकाद्धारा आयोजीत कार्यक्रममा नगर उप प्रमुख मन्जु तामाङ, प्मुख प्रशासकीय अधिकृत गणेश नेपाली सहीतको उपस्थितीमा ६०घर परिबारलाइ प्रमाणपत्र हस्तानन्तरण गरिएको हो ।घर निर्माण सम्पन्न प्रमाण पत्र गर्नु हुँदै बाह्र्बिसे नगरपालिकाका प्रमुख बाल कृष्ण बस्नेतले सिन्धुपाल्चोक जिल्लाका कोही पनी नागरिकहरु कुनै पनी दुखमा नपरुन परिहाले आफुले सकेको सहयोग गरिरहेको बताउँनु हुँदै बाह्र्बिसे नगरपालिकामा पनी आफ्नो कार्यकालमा कोहि पनि घरवारविहीन हुनु नपारेस भनेर काम गरिरहेको बताउँनु भयो ।
बस्नेतले नगरका नागरिकको शिक्षा, बसोबास,स्वास्थ्य जस्ता अती आबश्यक चिज हरुको व्यवस्थापन गर्नका लागी नगरपालिका लागी परेको बताउँनु हुँदै देशमा तीन तहको सरकार छ हामी स्थानीय तहका सरकारले नागरिकंहरुको समस्याको समधानका लागी काम गर्ने हो भन्नु भयो । यो योजना अनुसार घरबार बहिीन ६० घर परिबारलाइ घर निर्माण गरी निर्माण सम्पन्न भएको प्रमाण पत्र दिएर बसोबासको व्यवस्था गरेका छौ भने अब उँहाहरुकालागी आयआर्जनमुलक कामका लागी उँहाहरुको चाहना अनुसार कार्यक्रम गर्ने आफ्नो चाहाना भएको बताउँनु भयो ।
जनता भए मात्र नेता नेता बन्ने हो जनता नै छैनन भने के को नेता भन्दै माननीय मोहन बहादुर बस्नेतले पहीले नागरिक बचाउ अनी राजनिती गर भन्ने शन्देसलाइ मुल मन्त्रको रुपमा लिएर आफुले काम गरेकै कारण यो सम्भब भएको बताउँनु हुँदै बाह्रबिसे नगरपालिका बिपद तथा हरेक हिसाबले हेर्दा जोखिममा छ बाह्रबिसे नगरपालिका जोखिम नगरपालिका हो हामी जोखिम भनेर पन्छिएका छैनौ जनताको काम जस्तोसुकै अबस्थामा पनिजनताको समस्या समाधानका लागी गरेका छौँ भन्नु भयो । उँहाले आफु सँगै चुनाव लडेकाहरु र आफु समानका ब्यक्तीहरुको काठमाण्डौमा ठुलाठुला महल छ तर आफ्नु बाह््बिसेमा घर छ । म जनताको सेवामा खर्च गर्छु अरु आफ्नै सुबिधाका लागी खर्च गर्छन त्यसैले आफुले गरेका हरेक कामहरुमा जनताको साथ रहेको बताउँनु भयो । उप प्रमुख मन्जु तामाङले बाह्र्बिसे नगरपालिकामा कोही पनी नागरिकलाइ कुनै पनी समस्या पर्न नदीन नगरपालिका सचेत रहेका बताउँनु भयो । प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले बाह्रबिसे नगरपालिका विपदको जोखिममा पर्ने नगरपालिका भएका कारण विपदबाट जोगिन सुरक्षा अपनाउनु नै मुख्य उदेश्य भएकोले सबै स्थानीय नागरिक सचेत बन्नु पर्ने बताउँनु हुँदै स्थानीय सरकारले गर्न पर्ने हरेक सेवा सुबिधामा कुनै कन्जुस्याइ नहुने बताउँनु भयो । हामीले बाढी पहिरोले घरवारविहीन भएका नगरवासीलाइ घर निर्माणको नगरपालिकाले गर्नुपर्ने सहयोग गरेका छौ भन्नु हँदै वडा अध्यक्ष एवम् बाह्रबिसे नगरपालिकाका प्रबक्ता बिमल पौडेलले सोही कार्यक्रम अनुसार घर निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गरिएको बताउँनु भयो ।
जम्बु ,नाग पुजेमा जुरे लगाएतका क्षेत्रहरुमा बाढी पहीरो जँदा घर क्षेती भएकाको सर्बेक्षण गर्दा ४४५ जना पिडीत देखीएको भएता पनी १४४जनाले घर निर्माणका लागी सम्झौता गरिएको थियो । बाह्रबिसे नगरपालिका बिपद ब्यवस्थापन शाखा प्रमुख दुर्गा भण्डारीका अनुसार १४४जनाले सम्झौता गरेको भएता पनी ९१ घर निर्माण पुरा भएको र अरु पुरा हुन बाँकी रहेको छ । ९१ घर मा पनी ६० घरका नागरिकहरुले निर्माण सम्पन्न गरी बसोबास गरिसकेका कारण निर्माण सम्पन्न प्रमाण पत्र बितरण गरिएको र अब छिटै ३१घरलाइ पनी निर्माण सम्पन्न प्रमाण पत्र दिइने योजना रहेको छ । जग्गा समेत खरिद गरी घर निर्माण गर्नका ४६ घर परिवारलाई प्रती घर ८लाख लगानी गरेको थियो । जस्मा नगरपालिकाबाट प्राबीधकि सहीत १ घरका लागी १२००००।प्रदेस सरकार बाट २४०००० र ४४००००।सघीय सरकार बाट अनुदान प्राप्त भएको थियो । यसै गरी १४ घरपरिवारलाई घर जिनर्माणका लागी ५ लाख रकम उपलब्ध भएको थियो भने प्राबिधिक सहयोग सहीत प्रती घर ७५०००का दरले नगरपालिकाले र १५००००प्रदेस सरकार र २७५०००सघीय सरकारले ब्याहोेरेको थियो ।
सम्झौता भइ निर्माण हुन बाँकी घरहरुको पनी निर्माण कार्य अन्तीम चरणमा पुगेको भए पनी सघीय सरकारबाट आउँने अनुदान आउँन ढिला भएर निर्माण कार्य पनी ढिला भएको बताइएको छ ।
