सम्पर्क

सिन्धुपाल्चोक जिल्लाको दुबै निर्बाचन क्षेत्रबाट मोहन बस्नेत सिफारिस

सिन्धुपाल्चोक काग्रेसले केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतलाइ दुबै क्षेत्रबाट सिफारिस गरेको छ । आगामी फागुन २१गतेको निर्बाचनका लागी उम्मेद्यवार को नाम प्रस्ताब गर्न बसेको १ नै क्षेत्रीय कार्यसमितीस्ले नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं १ बाट आगामी प्रतिनिधि सभा निर्वाचन प्रत्यक्ष तर्फ सर्वसम्मत नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत एकल नाम सिफारिस गरेको छ। नेपाली कांग्रेसले सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा निर्वाचन उमेदवारका लागि केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको हो । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले बस्नेतको नाम एकल रुपमा सर्वस्ममत सिफारिस गरेको हो । यसै गरी समानुपातीकमा डा प्रेम ध्वज लामा र दोर्जेलामा हाउडेको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभामा भाखेला बोहोराको नाम सिफरिस भएको नेपाली काँगे्रुस सुनकोसीका अधिराज कुमार बस्नेतले जानकारी दिनु भयो । यसै गरी क्षेत्र नम्बर २ बाट पनी महोन बहादुर बस्न्ेत सहीत १८ जनाको नाम प्रस्ताब गरिएको छ ।जस्मा बिस्णु बिक्रम थापा, राजेन्द्र बहादुर गोर्खाली,वंश लाल तामाङ,पासाङ दोङ,बिकाश तमाङ,सुर्य न्यौपाने, भुपेन्द्र थापा,वील बहादुर तामाङ,निमा लामा,बिस्णु घोरासैनी,भरत खड़का, मोहन बहादुर बस्नेत,उद्दव वानिया,राधिका पौडेल, ज्यान बहादुर तामाङ,जमुना दंगाल,जित बहादुर थिङ, जंग बहादुर लामा राष्ट्रीय सभा तर्फ दया कुमारी मिश्र ,श्री लामा , राजेन्द्रमान ताल्चामान भडेल ,बिष्णु खड़का रहनु भएको छ भने समानुपातीक तर्फ सानुमाया हिमालय,लक्ष्मी सुनुवार र शिव वहादुर सुनार रहनु भएको छ । नेपाली काग्रेसले सिन्धुपाल्चोक जिल्लाको दुबै क्षेत्रमा चुनाव जित्ने बताएको छ ।