मंसीर २५गते, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले मंसिर २५ गते आफ्नो स्थपना भएको ३८बर्ष पुरा भएको भन्दै ३८ औँ स्थापना दिवस मनाएको छ । नेपाल पत्रकार महासघं जिल्ला शाखा सिन्धुपाल्चोकले आफ्नो स्थपना दिबस मनाएको छ । “समाजको पहरेदार, म जिम्मेवार पत्रकार” भन्ने मूल नारासहित बजारमा प्रभातफेरी लगाउँदै महासघंको कार्यलयमा गएर रक्तदान गर्दै शुभकामना मन्त्ब्यमा कार्यक्रम समापन भएको थियो ।
कार्यक्रममा, स्वास्थ्य परीक्षण, परिचयपत्र वितरण तथा संघको आधिकारिक वेबसाइट ालवकष्लमजगउबअिजयप.यचन को औपचारिक शुभारम्भ समेत गरिएको छ ।सोही अबशरमा ब्लड डोनर्स एसोसिएसन नेपाल ( ब्लोदान) सिन्धुपाल्चोकको सहकार्यमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा कुल १९ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा शुभकामना मन्तब्य दिदै नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमीद बागचन्दले पत्रकारिताको विकासको इतिहास बताउदै, देशमा भएका सबै परिवर्तनहरू ल्याउनुमा पत्रकारिताको महत्त्वपूर्ण भुमिका रहेको बताउँनु भयो । सिन्धुपाल्चोकका अग्रज पत्रकार ऋषी राम पौड्यालले नेपालमा डिजिटल रूपान्तरण तीव्र गतिमा अघि बढिरहेको बताउँदै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको सबै विचार र लेख समाचार सत्य समाचार नहुने हुँदा सञ्चारकर्मीले यस तर्फ ध्यान दिन पर्ने र समचार सम्प्रेशण गर्दा एकपक्षीय ढङ्गबाट सम्प्रेसण गर्न नहुने तर्फ ध्यान दिन र पत्रकारिताको मर्म र आचासर्हीता अनुसार काम गर्न सबैमा आग्रह गर्नु भयो । चौतारा साँगाचोकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटाले पत्रकारिता समाजको ऐना भएकाले सत्य, तथ्य र निष्पक्षतामा केन्द्रित पत्रकारिताले मात्र जनताप्रति उत्तरदायित्व पूरा गर्न सक्ने बताउँनु भयो । नगर उपप्रमुख सीता थापाले पत्रकारिताबाट समाजमा पर्ने प्रभाव अत्यन्तै संवेदनशील हुने बताउँनु हँदैे पत्रकारितालाई आवाज बिहिनहरूको आवाजको रूपमा परिभाषित गर्दै पत्रकार महासंघको एक महत्त्वपूर्ण उपलब्धि मध्य एक महिला सशक्तीकरण पनि रहेको बताउँनु भयो । नेपाल पत्रकार महासघं सिन्धुपाल्चोकका अध्यक्ष ध्ुब दङ्गालको अध्यक्षतामा भएको कार्यक्रममा महासंघको लोगो र नबीकरण गरिएको परिचय पत्र समेत बितरण गरिएको थियो ।
