सम्पर्क

इर्खु माबीको ६६औ बार्षिकोत्सवे अभिभावक भेला भब्यताका साथ सम्पन्न

चौतारासाँगाचोकगढी नगरपालिका ८मा रहेको श्री इर्खु माध्यमिक बिद्यालयको ६६औ बार्षिकोत्सव तथा २६औ अभिभावक भेला चैतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा तथा चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ८का अध्यक्ष अमृत दङ्गालको बिशेष अतिथ्यतामा सम्पन्न भएको छ ।                कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख सापकोटाले शिक्षा सिकाइमा भवन ,शिक्षक मात्र राम्रो भएर हुँदैन बिद्यालयमा सिकाइ गर्ने बिद्यार्थी पनी पर्याप्त हुन पर्छ र सिकाइ पनी उपलब्धी मुलक हुन पर्छ अनी मात्र भवन र राम्रा शिक्षकको मुल्याङ्कन गर्न सकिन्छ भन्नु भएको छ। उँहाले राजनिती बिचारको आधारमा होइन हरेक उत्पादन मुलक र उपलब्धीमुलक काम गर्ने हरु सँग आफुले हातेमालो गरेर काम गर्ने गरेको स्पष्ट पार्दै वडा नं ८का अध्यक्ष अमृत दङ्गालले उत्पादनमुलक काममा लगानी गर्न सहयोग गर्नु भएकोले उँहाले सिफारिस गरेका योजनाहरुमा सहयोग गरेको बताउँनु भयो ।उाहाले वडा नं ८मा मात्रै करिब १८, १९वटा सिंचाइ टेङ्की निर्माण गरेको अझै ४,५वटा बनाउँन पर्ने भन्नु भएको बताउँनु हँुदै कृषी उत्पादनका लागी नगरपालिका सहयोग गर्न तैयार रहेको बताउँनु भयो । नगर भित्रका बिद्यालयहरु मध्य बिद्यार्थी सख्याका आधारमा केही माध्यमिक बिद्यालय तथा आधारभुत बिद्यालयहरु मर्च गर्न पर्ने अबस्था आउँदा इर्खु मा बी , ज्ञानमन्दीरमाबी सिद्धी गणेश माबीहरुमा बिद्यार्थीको संख्यापनी राम्रै भएको शिक्षा सिकाइमा पनी उपलब्धीमुलक भएको आफुले पाएको बताउँनु हुँदै शिक्षा सिकाइको उपलब्धी नै बिद्यालयको उपलब्धी भएको बताउँनु भयो । उँहाले हरेक उपलब्धीमुलक काममा नगरपालिकाले श्रोत र साधनले भ्याए सम्म सहयोग गर्ने बताउँनु हुँदै इर्र्खु माध्यमिक बिद्यालयका अभिभावकले पनी समय समयमा बिद्यालयमा आएर आफ्ना बालबालीकाको पढाइका बारेमा जानकारी लिने काम गरेको पाउँदा खुशी लागेको बताउँदै अभिभावकले आफ्नो अभिभावकीय भुमिका र जिम्मेवारी पुरा गरेको बताउँनु भयो । कार्यक्रमका बिशेष अतिथी वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गालले बिद्यालयको बिक्षा सिकाइका साथै उत्पादनमुलक काम गर्ने बिषयमा नगर प्रमुख र आफ्नो बिचार मिल्ने गरेको बताउँनु भयो । यसै गरी कार्यक्रममा शिक्षा बिद चौतारा बहुमुखी क्याम्पसका पुर्ब प्रमुख नगेन्द्र प्रसा दङ्गालले राजनिती बिचारमा फरक भएको भएता पनी शिक्षा बिकासका लागी नगर प्रमुख र वडान अध्यक्ष एक भएर अगाडी बढेका कारण शिक्षाको बिकास भएको बताउानु भयो । कार्यक्रममा पुर्ब वडाअध्यक्ष तिर्थ बहादुर श्रेष्ठ, समाजे सेबी भुपेन्द्र थापा, जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष तथा समाजसेवी रामकृष्ण दङ्गाल लगाएतले बिद्यालयको शुभकमाना ब्यक्त गर्नु भएको थियो । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष भगवान खड्काको सभापतित्वमा भएको कार्यक्रममा समाज सेबी भुपेन्द्र थापाले बिद्यार्थीहरलाइ झोलाबितरण गर्नु भएको थियो भने पुर्ब बिद्यार्थी ले बिद्यालयलाइ सरसफाइका सामाग्रहिरु उपलब्ध गराउँनु भएको थियो कार्यक्रममा जग्गा दाताहरलाइ सम्मान गरिएको थियो । बिद्यालयका शिक्षक यज्ञ दङ्गालले सञ्चालन गर्नु भएको कार्यक्रममा उत्कृष्ट बिद्यार्थीहरुलाइ पुरस्कार दिइएको थियो भने कार्यक्रममा पुर्ब बिद्यार्थी छितिजा तामाङले विद्यालयलाई क्बलष्तबचथ एबम म्ष्कउयकभ ःबअजष्लभ हस्तान्तरण गर्नु भएकोमा विद्यालय परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ।
यस महत्वपूर्ण सहयोगले विद्यालयमा किशोरी विद्यार्थीहरूको स्वास्थ्य, स्वच्छता र गरिमा संरक्षणमा ठूलो भूमिका खेल्ने भएको छ । स्वच्छता व्यवस्थापनलाई सहज बनाउने, सुरक्षित वातावरण निर्माण गर्ने र विद्यार्थीहरूलाई आत्मविश्वासका साथ विद्यालय जीवन बिताउन प्रेरित गर्ने यस्ता योगदानहरू अत्यन्त सराहनीय भएको बिदालयका प्र अ प्रकाश दङ्गालले बताउँनु भएको छ। इसै गरी विद्यालयको ६६ औं वार्षिकोत्सब २६ औं अभिभावक सम्मेलन तथा भुतपुर्व विद्यार्थी पुनर्मिलन समारोहमा माध्यमिक तह द्वितीय श्रेणी अनुदान गणित शिक्षक नवराज कोइरालालाई यस वर्षको ‘उत्कृष्ट वर्ष शिक्षक’ सम्मान गरिएको थियो भने ६६ औं वार्षिक उत्सवको अवसरमा विद्यालयलाई निरन्तर सहयोग र सद्भाव देखाउँदै ८७ वर्षका वीर बहादुर कार्की र ८४ वर्षकी बुद्ध लक्ष्मी कार्की लाई आजीवन सदस्यको रूपमा सम्मानित गरिएको छ । कार्यक्रमको लोकप्रिय नेत्रज्योतीबाट प्रत्यक्ष्य प्रशारण गरेको थियो । कार्यक्रममा वडा कार्यलयबाट बितरण गरिएको पञ्चे बाजा बजाएर अतीथीहरुलाइ स्वागत गरिएको थियो भने बिद्यालयका बिद्यार्थीहरुले सस्कृती कलाहरु प्रस्तुत गरेका थिए ।