सम्पर्क

मापदण्ड भित्र रहि गुणस्तरीय काम गर्न मन्त्री तामाङको निर्देशन

 

बागमती प्रदेश सरकारका खानेपानी,उर्जा तथा सिचाइ मन्त्री मा.कृष्णकुमार तामाङ समिरले सरकारको मापदण्ड भित्र रहि आवश्यक प्रक्रिया पुरा गरेर गुणस्तरीय काम गर्न र गराउन कार्यालयका प्राबिधिक र निर्माण ब्यबसायिलाई निर्देशन दिनुभएको छ । उँहाले –भोटेचौर –काउलेदोभान सडक अन्तर्गत सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका खण्डमा भइरहेको कालोपत्रे कामको अनुगमनका क्रममा यस्तो बताउँनु भएको हो । मन्त्री तामाङले सडक डिभिजनका प्राबिधिक र स्थानियबासिहरुको उपस्तिथिमा अनुगमन तथा निरीक्षण गर्नु हुँदै मापदण्ड बिपरित र गुणस्तरहिन काम हुँदा भुक्तानी रोकीने भएकाले मापदण्ड अनुसार गुणस्तरीय काम गर्न गराउँन समेत उँहाले अनुरोध गर्नु भयो । आफ्नो ठाँउको बिकासका कामहरु मा आफुले पनी रेखदेख गर्न पर्ने र गुणस्तरहिन काम भएको पाइएमा सम्बन्धीत निकायलाइ खबर गर्न समेत स्थानीयले चासो राख्न पर्ने बताउँनु भयो । मन्त्री तामाङले कुनै पनी बिकासका कामहरुमा अनियमितता हुन नदीन सबै पक्ष लाग्न पर्ने समेत सो अबशरमा बताउँनु भएको छ ।