सम्पर्क

ब्रेकिङ न्युज २

चुनावको मुखमा योजना बोकेर गाउँ छिरे प्रदेश सांसद

ब्रेकिङ न्युज २, समाचार
गाउँ–शहरमा स्थानीय तह निर्वाचनको माहोल सुरु भयो । सरकारले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेपछि दल दर्ता सकिएको छ भने मतदाता नामावलीमा भएका त्रुटी सच्याउने अवधि चलिरहेको छ । राजनीतिक दलहरुले पनि चुनाव लक्षित संगठनात्मक कार्यक्रम चलाउन थालेका छन् । यही बेला प्रदेश सांसदहरु भने ‘निर्वाचन क्षेत्र विकास’ को बजेट बोकेर गाउँ–नगरमा पसेका छन् । बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् बैठकबाट प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमको बजेट निकासा दिने निर्णय गरेको छ । ‘सांसद विकास कोष’को नाम बदलेर ‘प्रदेश पूर्वाधार विकास कार्यक्रम’ बनाएपछि सांसदहरुका लागि बजेट दिन लागिएको हो । बाग्मतीले वर्षमा २ अर्ब ४२ करोड रुपैयाँ यो कार्यक्रमका नाममा खर्चन्छ । प्रत्यक्ष निर्वाचितलाई ३ करोड र समानुपातिक सांसदलाई १ करोड रुपैयाँ दिइन्छ । संसदहरुले बजेटको ५० प्रतिशत भौतिक पूर्वाधार, ३० प्रतिशत शिक्षा र २० प्रतिशत स्वा...

नागरिकले घरदैलोको सरकारको आभाष गरेका छन् – वंशलाल तामाङ

ब्रेकिङ न्युज २, समाचार
सन्तोष सिग्देल मुलुकमा संघियता सुरू भएयता पहिलो पटक निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकाल सकिनै लागेको छ । यस अन्तरालमा केही स्थानिय तहका जनप्रतिनिधिको कार्यकाल गालि खांदैमा बित्यो भने केही जनप्रतिनिधिको कार्यकाल वाहवाहिमा सकिनै लाग्यो । संघियता पछि नागरिकले घरदैलोको सरकारको आभाष पाएका छन् । कतिपय स्थानिय तहहरूले उदाहरणीय काम गरेका छन् । नागरिकको आवश्यकता केही हदसम्म पूरा भईसकेका छन् । त्यस्तै मध्येको एउटा उदाहरण हो, सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिका । इन्द्रावति गाउँपालिकाले आम नागरिकको जनभावना अनुसार योजना तथा परियोजना संचालन गरेको गांउपालिकाका अध्यक्ष वंशलाल तामाङले बताउनुभयो । गाउँपालिकाको कार्यपालिकामा अल्पमत भएपनि हालसम्म कुनै पनि विषयमा अवरोध सृजना हुने वातावरण नआएको अध्यक्ष तामाङको अनुभव छ । पालिकाले आम नागरिकको मागअनुसार योजनाबद्व तरिकाले बिकास निर्माणको काम गरेको अ...

मेलम्ची खानेपानिको उपत्यकामा पाँच सय ‘फायर हाइड्रेन्ट’

ब्रेकिङ न्युज २, समाचार
राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिने भएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई ‘फायर हाइड्रेन्ट’ भनिन्छ । मेलम्ची आयोजनाले पानी वितरणका लागि पाइप जडान भइसकेका क्षेत्रमा अहिलेसम्म २५० स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरिसकेको छ । बाँकी क्षेत्रमा सो प्रविधि जडान गर्ने स्थानसमेत पहिचान भई काम अगाडि बढाइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सहरी क्षेत्रमा आगलागी जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि ‘फायर हाइड्रेन्ट’ प्रविधि अन्तर्राष्ट्रिय रूपमै प्रभावकारी मानिन्छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले राजधानीमा पानी वितरण तयारीसँगै ‘फायर हाइड्रेन्ट’ जडानसमेत सुरु गरिएको जानकारी दिनुभयो । घना बस्ती र आवादीका कारण आगलागी जोखिम बढ्दै गएको राजधानीमा मेलम...

जेसिवी दुर्घटना हुँदा सहचालकको मृत्यु

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा सँगाचोकगढी नगरपालिका १२ को खहरे केराबारी छापमा जेसिवी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी जेसिवीको सहचालक महोत्तरी जिल्ला बर्दिबास न.पा. ६ बस्ने बर्ष १८ को रोहित आले मगरको मृत्यु भएको हो । निर्माणाधिन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा बा.२ क ६६१८ नं. को जेसीवी माटो भासिन गई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । जेसिवीका चालक बाँके राप्तीसोनारी गाउँपालिका ४ बस्ने बर्ष २२ को प्रकाश चौधरी भने सकुसल रहेको प्रहरीले जानकारी दिएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।...

वंशलाल तामाङको प्रतिवद्वता, सरकार कांग्रेसको – सेवा जनताको

ब्रेकिङ न्युज २, राजनिती
सन्तोष सिग्देल नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतीका उमेदवार वंशलाल तामाङले ७ प्रतिबद्वता ब्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत प्रतिवद्वताहरू व्यक्त गर्नुभएको हो । सरकार नेपाली कांग्रेसको, सेवा जनताको भन्ने प्रतिवद्वताका साथ उमेदवारी घोषणा गरेको तामाङले बताउनुभयो । तामाङको प्रतिवद्वतामा विधानको पुर्ण पालना, अग्रजलाई सम्मान, विचार प्रधान पार्टी – नीति प्रधान नेतृत्व जस्ता लोकप्रिय विषयहरू समावेश भएका छन । तामाङले प्रस्तुत गरेको ७ प्रतिवद्वताहरूमा विधानको पूर्ण पलना र सुदृढ संगठन ,व्यवस्थित कार्यालय गतिशील कांग्रेस , अग्रजलाई सम्मान युवालाई अवसर , सरकार कांग्रेसको – सेवा जनताको , संगठित, सक्रिय बलियो भातृ संस्था , विचार प्रधान पार्टी, नीति प्रधान नेतृत्व ७) विपदको साथी – नेपाली कांग्रेस पार्टी रहेका छन् । तामाङले आफ्नो पुरै जीवन जनतामा समर्पित भएको बताउनुभएको छ । ...

लिसंखुपाखरका प्रप्रअलाइ बिदाइ

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला लिसँखुपाखर गाउँ पालीका का प्रमुख प्रशासकीय अधीकृत पुर्ण प्रसाद दुलाल लाइ बिदाइ गरिएको छ । गाँउपालीकामा करिब साँढे तीन बर्ष (३.५ बर्ष ) प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारिमा रहि हिजो पागुन १६ बाट हाललाई सँघिय मामिला तथा सामान्य मँन्त्रालका लागि रमाना लियर जाने क्रममा बिदाइ गरिएको हो । लिसँखुपाखर गा पा को प्रप्रअ को जिम्मेवारीमा रहेर काम गर्दा पालीकाका को सिर उच्च रहने गरि काम गरेको भए पनी कर्मचारी सरुवा बढुवा नियमित प्रकृया भएको हुँदा कर्मचारीका आवत जावत भइ नै रहने पालीकाका अध्यक्ष कमल नेपालले बताउँनु भएको छ । उँहाको कार्यले जिल्लामा लिसंखुपाखर मात्र होइन सिन्धुपाल्चोककै बिकासमा ठुलो सहयोग पुगेको जिल्ला सम्मन्वय समितकिा प्रमुख केष्ण गोपाल तामाङ्गले बताउँनु भयो । उँहाले जिम्मेवारीको रुपमा जिल्ला समन्वय समितिको निमित्त समन्वय अधिकारी र कोभिड माहामारीमा समयमा क्षेत्रिय आ...

मेलम्ची बाढीको सात महिना– विस्थापित अझै अस्थायी टहरामा

ब्रेकिङ न्युज २, समाचार
गत असार १ गते र साउन १६ गते आएको बाढीका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका घर खेत डुवानमा परे । बाढीको पूर्वसूचना पाउन नसक्दा स्थानीयहरुले धेरै धनकोक्षति व्यहोर्नुपर्यो । अचानक आएको बाढीका कारण स्थानीय विस्थापति हुन पुगेका थिए । खाने अन्न र लत्ताकपडा बाढीसँगै बगे । स्थानीयले आफ्नो घरखेत बाढीले बगाएको टुलुटुलु हेर्नुको विकल्प रहेन । विस्थापित भएकाहरुलाई तत्कालका लागि सामुदायिक भवन तथा विगतमा भुकम्पका लागि बनाइएका अस्थायी टहरामा राखिएको थियो । बाढी आएको सात महिना वित्दा पनि विस्थापितहरु अझै पनि अस्थायी टहरामै बस्न बाध्य रहेका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार विस्थापतिहरुलाई पुनःस्र्थापित गराउनका लागि गृहकार्य भइरहेको बताउनुभएको छ । उहाँका अनुसार बाढीका कारण मेलम्ची नगरापलिका र हेलम्बु गाउँपालिकामा गरी पाँचसय बढी घर विस्थापि...

खेलाडी राष्ट्रका गहना हुन, खेल क्षेत्रमा सहयोग गर्न कांग्रेस तयार छ  — सभापती तामाङ

खेलकुद, ब्रेकिङ न्युज २
सन्तोष सिग्देल नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ का सभापती आइतमान तामाङले खेलाडी राष्ट्रको गहना भएको बताउनुभएको छ । नेपाल सोतोकान कराँते संघले आयोजना गरेको खेलाडीहरूलाई सम्मान कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । कराँतेको खेलाडी, प्रशिक्षक तथा रेफ्रि समेत रहनुभएका तामाङले खेल क्षेत्रमा सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको समेत बताउनुभयो । ’जहाँ कराँते छ त्यहाँ कांग्रेस छ । मैले खेल बुझेको छु । सबै खेलाडीलाई परेको समस्यामा नेपाली कांग्रेसले साथ दिन्छ ’, तामाङले भन्नुभयो । ’म राजनितिक कर्मी मात्र नभई खेलाडी पनि हुँ , तपाईहरू राम्रो खेल्नुस भविष्य छ । करांतेको सहयोग र संरक्षण गर्न नेपाली कांग्रेस तयार छ साथमा छ’, तामाङले थप्नुभयो । आइतमान तामाङ नेपाल वादोकाई कराँते संघका केन्द्रिय सचिव समेत हुनुहुन्छ । उहाँ जापान कराँते फेडेरेसनका सदस्य समेत हुनुहुन्छ । कार्यक्रममा नेपाल...

इन्द्रावती भिमटारमा यात्रुवाहक बस दुर्घटना

ब्रेकिङ न्युज २, समाचार
काठमाडौंबाट सिपाबडहरे जाँदै गरेको यात्रुवाहक बस ईन्द्रावती गाउँपालिका १२ भिमटारमा दुर्घटना भएको छ । काठमाडौंबाट सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका सिपाबडहरे जान छुटेको गरेको बा २ख ६५८८ नम्बरको हेलम्बु यातायातको यात्रुवाहक बस इन्द्रावती गाँउपालिका १ २ नम्बर वडाको इन्द्रावती वगरमा दुर्घटना भएको हो र दुर्घटनामा परी १२ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभययो । यात्रुवाहक बस घुम्ति बाटोमा बालुवामा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको समेत बस्नेतले जानकारी दिनुभयो । घाइतेहरु ३ जनालाई धुलिखेल अस्पताल रिफर गरिएको र अन्यको बोडगाउँ मेडिकल सेन्टर, इन्द्रावती ११ मा उपचार भइरहेको स्थानिय शिक्षक प्रताव तामाङले जानकारी दिनुभयो ।...

थाङपालकोट कृषी सहकारी सँस्था पाँचौ वर्षमा

बिजनेस, ब्रेकिङ न्युज २
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ४,थाङपालकोटमा रहेको थाङपालकोट कृषि सहकारी संस्था लि.को पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीकर्मि एबम समाजसेवी निर्मल बन्जाराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भएको साधारणसभा गाउंपालिका अध्यक्ष टासि लामाले पठाउनु भएको शुभकामना मन्तव्य बाचन गरिएको थियो । सो साधारणसभामा आफ्नो शुभकामना मन्तब्य राख्नु हुंदै प्रमुख अतिथि बन्जाराले सहकारी क्षेत्र अर्थतन्त्रको तीन खम्बे निति अन्तर्गत रहेको एउटा खम्बा रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र भएकोले सबै नेपाली कुनै न कुनै एक सहकारीको सदस्य बनेर राज्यको अर्थतन्त्रमा योगदान दिंदै आफ्नो आर्थिक हैसियत उठाउनु पर्नेमा जोड दिनुभयो । करिब २०० जना सदस्य रहेको सो संस्थाको बार्षिक कारोबार ९५लाख ५५ हजार ५ सय ७५ रुपैंया रहेको छ । संस्थाका अध्यक्ष टेकलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न ...