सम्पर्क

लिसंखुपाखरका प्रप्रअलाइ बिदाइ

सिन्धुपाल्चोक जिल्ला लिसँखुपाखर गाउँ पालीका का प्रमुख प्रशासकीय अधीकृत पुर्ण प्रसाद दुलाल लाइ बिदाइ गरिएको छ । गाँउपालीकामा करिब साँढे तीन बर्ष (३.५ बर्ष ) प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारिमा रहि हिजो पागुन १६ बाट हाललाई सँघिय मामिला तथा सामान्य मँन्त्रालका लागि रमाना लियर जाने क्रममा बिदाइ गरिएको हो ।
लिसँखुपाखर गा पा को प्रप्रअ को जिम्मेवारीमा रहेर काम गर्दा पालीकाका को सिर उच्च रहने गरि काम गरेको भए पनी कर्मचारी सरुवा बढुवा नियमित प्रकृया भएको हुँदा कर्मचारीका आवत जावत भइ नै रहने पालीकाका अध्यक्ष कमल नेपालले बताउँनु भएको छ । उँहाको कार्यले जिल्लामा लिसंखुपाखर मात्र होइन सिन्धुपाल्चोककै बिकासमा ठुलो सहयोग पुगेको जिल्ला सम्मन्वय समितकिा प्रमुख केष्ण गोपाल तामाङ्गले बताउँनु भयो । उँहाले जिम्मेवारीको रुपमा जिल्ला समन्वय समितिको निमित्त समन्वय अधिकारी र कोभिड माहामारीमा समयमा क्षेत्रिय आईसोलेसन÷ क्वारिन्टिन सेन्टर (५ वटा पालिकाको)को सँयोजक भई कार्य गर्दा जिल्लामा थप सहयोग पुगेको बताउँनु भयो । बिदाइका क्रममा दुलालले आफुले जिम्मेवारीमा रहेर कार्य गर्दा मैले आफ्नो योग्यता र क्षमताले सके सम्म ईमान्दारिता पुर्वक कार्य गर्ने प्रयास गरेँ। यो अबधिमा गाउपालिकाको स्वीकृत नीति र कार्यक्रम भित्र रहेर प्रशासनिक ब्यबस्थापन, भौतिक, पुर्वाधार , समाजिक बिकास तथा आर्थिक बिकासको क्षेत्रमा परिबर्तनको आभास जनसमुदायले अनुभूति गरि कार्यारँम्भ भयको महशुस गरेको छु ।
प्रप्रअको रुपमा कार्य गर्दा अत्यन्तै सहज कार्यबातावरण मिलाईदिनुहुने आदरणिय अध्यक्षज्यु, आदरणि उपाध्यक्ष्यज्यु,सबै वडाका वडाध्यक्षज्युहरु, कार्यपालिकाका सदस्यज्युहरु, गाउ सभा सदस्यज्युहरु, उ. भो समितिहरु सहकार्य गर्ने साथिहरु , लिसखुपाखरकाअग्रज समुदाय, सद्भाव राख्ने राजैतिक ब्यक्तित्वहरु , बिधालयका प्रअ, स्वास्थ्य चौकिका सम्पुर्ण साथिहरु वडाकार्यलयका साथिहरु तथा दिनरात नभनि काँधमा काँध मिलायर सहकार्य गर्नु भयका कार्यपालिका कार्यलयका सम्पुर्ण सहकर्मि साथिहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु भन्नु भयो ।उँहाले बिदाई ÷ फेरि भेटौला कार्यक्रमा उपस्थित भई सद्भाव प्रकट गर्नुहुने जिससका आदरणिय प्रमुख उपप्रमुखज्यु तथा सहभागी सबैप्रति हार्दिक धन्यबादप्रकट गर्दछु र सदा सर्वदा लिसँखुपाखर गापा र लिसँखुबासिको उत्तरोत्तर प्रगतिको कामना गर्दछु भन्नु भएको छ । बिदाइ कार्यक्रममा पालीकाका पदाधिकारी कर्मचारी हरुको उपस्थिती रहेको थियो ।