सम्पर्क

वंशलाल तामाङको प्रतिवद्वता, सरकार कांग्रेसको – सेवा जनताको

सन्तोष सिग्देल

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतीका उमेदवार वंशलाल तामाङले ७ प्रतिबद्वता ब्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत प्रतिवद्वताहरू व्यक्त गर्नुभएको हो ।

सरकार नेपाली कांग्रेसको, सेवा जनताको भन्ने प्रतिवद्वताका साथ उमेदवारी घोषणा गरेको तामाङले बताउनुभयो । तामाङको प्रतिवद्वतामा विधानको पुर्ण पालना, अग्रजलाई सम्मान, विचार प्रधान पार्टी – नीति प्रधान नेतृत्व जस्ता लोकप्रिय विषयहरू समावेश भएका छन ।
तामाङले प्रस्तुत गरेको ७ प्रतिवद्वताहरूमा विधानको पूर्ण पलना र सुदृढ संगठन ,व्यवस्थित कार्यालय गतिशील कांग्रेस , अग्रजलाई सम्मान युवालाई अवसर , सरकार कांग्रेसको – सेवा जनताको , संगठित, सक्रिय बलियो भातृ संस्था , विचार प्रधान पार्टी, नीति प्रधान नेतृत्व ७) विपदको साथी – नेपाली कांग्रेस पार्टी रहेका छन् । तामाङले आफ्नो पुरै जीवन जनतामा समर्पित भएको बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघका महासचिव समेत रहनुभएका तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुरा बताउनुभएको हो ।
कुनै समय बिदेशिनु बाध्यता भएको बताउँदै तामाङले बिदेशमा रहँदाको सुख , सुविधा र ग्रिन कार्ड त्यागेर जनताको शेवामा तत्पर रहनको लागि नेपाल आएको बताउनुभयो ।