दुवै मृगौला फेल भएको सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० को जल्केनी हर्रे निबासी सुनिता श्रेष्ठलाई आर्थिक सहयोग गरिएको छ ।
श्रेष्ठलाई निल बहादुर तामागं वाइवा (सुमन) ले रु.दश हजार पचास रुपैयाँ सहीत उँहाकै सक्रीयतामा सँकलित एक लाख आँठ हजार नौ सय साठी रुपैयाँ सहयोग उपलब्ध गराउनुभयो । देउराली कोलपाटा हर्रेका समाजसेवी सुमनको सक्रीयतामा उक्त रकम हस्तानन्तरण गरिएको हो । यसरी रकम हस्तानन्तरण गर्नेमा काभ्रे जिल्लाको सृजना तामाङले एक हजार , सिन्धुपाल्चोक हर्रेका विशाल तामाङले दुई हजार , भुवन तामाङले दुई हजार एक सय, राम बहादुर तामाङले एक हजार पाँच सय , विनोद तामाङले तिन हजार , फिलिप्स तामाङले दुई हजार, सिन्धुपाल्चोक इन्द्रावती गाएँपालिकाको रेन तामाङले एक हजार , सर्लाहीका राम लामाले दुई हजार , धादिङका गणेश मल्लले पाँच हजार पचास रुपैयाँ सहयोग गर्नुभएको छ । त्यसैगरी बाग्लुङको कामिरा विष्टले पाँच हजार एकसय, तनहुँका कृष्ण कार्कीले पन्द्र हजार, सिन्धुपाल्चोक जिल्लाको ठुलोसिरुवारी रत्न पूरीले पाँच हजार,
सर्लाहिका सुरज मोक्तानले पाँच हजार पाँच, काभ्रेका तीर्थ तामाङले तिन हजार पाँच सय, चौतारा साँगाचोकगढी नगरपालिकाको विष्णु तामाङले पाँच हजार, कास्कीका मुक्त विनमियाँले दश हजार ,
सिन्धुपाल्चोक कल्लेरीका शुसिल तामाङले चार हजार ५० , निल बहादुर तामाङले दश हजार पचासे सहयोग गर्नू भएको सुमन वाइवाले जानकारी दिनुभयो ।
