सिन्धुपाल्चोक जिल्लाको चौतारा सँगाचोकगढी नगरपालिका १२ को खहरे केराबारी छापमा जेसिवी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी जेसिवीको सहचालक महोत्तरी जिल्ला बर्दिबास न.पा. ६ बस्ने बर्ष १८ को रोहित आले मगरको मृत्यु भएको हो ।
निर्माणाधिन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा बा.२ क ६६१८ नं. को जेसीवी माटो भासिन गई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
जेसिवीका चालक बाँके राप्तीसोनारी गाउँपालिका ४ बस्ने बर्ष २२ को प्रकाश चौधरी भने सकुसल रहेको प्रहरीले जानकारी दिएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।
