सम्पर्क

दलित मुक्ति मोर्चाको मेलम्ची नगर भेला सम्पन्न

नेपाल दलित मुक्ति मोर्चाको मेलम्ची नगरपालिका स्तरिय भेला सम्पन्न भएको छ । मेलम्ची बजारमा भएको भेलाले रमेश बि.कको अध्यक्षता मा ३५ सदस्यीय नगर समिति र १३ सदस्यीय नगर सल्लाहकार समिति पनि गठन गरेको छ ।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार समिति सदस्य तथा नेपाल दलित मुक्ति मोर्चा केन्द्र को सँघ सस्था बिभाग का प्रमुख बलराम बि.कको प्रमुख आतिथ्यमा र बागमती प्रदेश समिति सदस्य रोहिनी बि.क तथा पार्टी प्रदेश समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्ला समन्वय समिति सचीव उद्घन आलेमगरको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । मोर्चाको मेलम्ची नगर भेला सँगै सात ओटा स्थानीय तहको भेला सम्पन्न भएको जानकारी दलित मुक्ति मोर्चाका जिल्ला सचिव रबिन्द्र खातीले दिनु भएको छ ।

पार्टीको नगर समिति अध्यक्ष गोपाल नेपाल , उपाध्यक्ष सुदर्शन सापकोटा लगायतका पार्टी नेताहरुको उपस्तिथि रहेको उक्त कार्यक्रम दलित मुक्ति मोर्चा जिल्ला अध्यक्ष सुब्बा सुनार, दलित मोर्चाका प्रदेश सल्लाहकार तिलक रोक्काले पनि भेलालाई सम्बोधन गर्नु भएको थियोे ।

भेलाले अध्यक्ष ,उपअध्यक्ष .सचिव .कोषाअध्यक्षमा क्रमशः रमेश बि.क , शिब बि.क र केदार रोक्का र अस्मिता नेपाली लाई पदाधिकारी बनाएको छ । २०७४ को स्थानीय निर्वाचन दलित महिला कोटा बाट वडा सदस्यका प्रत्यसी महिला सदस्यहरुलाइ नगर समितिमा सदस्यको जिम्मेवारि सहित संगठित गरेको छ नगर सल्लाहकार समिति बिजुले रोक्का मिजार को संयोजकत्वमा १३ सदस्यीय समिति गठन भएको थियोे ।