सम्पर्क

इन्द्रावती भिमटारमा यात्रुवाहक बस दुर्घटना

काठमाडौंबाट सिपाबडहरे जाँदै गरेको यात्रुवाहक बस ईन्द्रावती गाउँपालिका १२ भिमटारमा दुर्घटना भएको छ ।
काठमाडौंबाट सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका सिपाबडहरे जान छुटेको गरेको बा २ख ६५८८ नम्बरको हेलम्बु यातायातको यात्रुवाहक बस इन्द्रावती गाँउपालिका १ २ नम्बर वडाको इन्द्रावती वगरमा दुर्घटना भएको हो र
दुर्घटनामा परी १२ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभययो ।
यात्रुवाहक बस घुम्ति बाटोमा बालुवामा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको समेत बस्नेतले जानकारी दिनुभयो ।
घाइतेहरु ३ जनालाई धुलिखेल अस्पताल रिफर गरिएको र अन्यको बोडगाउँ मेडिकल सेन्टर, इन्द्रावती ११ मा उपचार भइरहेको स्थानिय शिक्षक प्रताव तामाङले जानकारी दिनुभयो ।