सम्पर्क

खेलाडी राष्ट्रका गहना हुन, खेल क्षेत्रमा सहयोग गर्न कांग्रेस तयार छ  — सभापती तामाङ

सन्तोष सिग्देल
नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ का सभापती आइतमान तामाङले खेलाडी राष्ट्रको गहना भएको बताउनुभएको छ । नेपाल सोतोकान कराँते संघले आयोजना गरेको खेलाडीहरूलाई सम्मान कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।
कराँतेको खेलाडी, प्रशिक्षक तथा रेफ्रि समेत रहनुभएका तामाङले खेल क्षेत्रमा सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको समेत बताउनुभयो । ’जहाँ कराँते छ त्यहाँ कांग्रेस छ । मैले खेल बुझेको छु । सबै खेलाडीलाई परेको समस्यामा नेपाली कांग्रेसले साथ दिन्छ ’, तामाङले भन्नुभयो ।
’म राजनितिक कर्मी मात्र नभई खेलाडी पनि हुँ , तपाईहरू राम्रो खेल्नुस भविष्य छ । करांतेको सहयोग र संरक्षण गर्न नेपाली कांग्रेस तयार छ साथमा छ’, तामाङले थप्नुभयो । आइतमान तामाङ नेपाल वादोकाई कराँते संघका केन्द्रिय सचिव समेत हुनुहुन्छ । उहाँ जापान कराँते फेडेरेसनका सदस्य समेत हुनुहुन्छ ।
कार्यक्रममा नेपाल सेतोकान कराते डिओ यसोसियसनका सभापती धिर्जेमान तामाङले कराँते खेलको संरक्षणको लागि आफु लागीपरेको बताउनुभयो । ’हामीले भवन त बनायौँ तर आर्थीक अवस्था कमजोर छ ’, उहाँले भन्नुभयो ।
नेपाल सोतोकान कराँते संघले आयोजना गरेको सम्मान कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक विजेता खेलाडीहरूलाई सम्मान गरिएको थियो । खेलाडीहरूलाई खादा लगाएर सम्मान गरिनुका साथै सम्मानपत्र र ट्र्याकसुट बितरण गरिएको थियो ।
कार्यक्रम सेतोकान कराते डिओ यसोसियसनका सभापतीसभापती धिर्जेमान तामाङको सभापतित्व र नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ का सभापती आइतमान तामाङको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कराँते प्रशिक्षक, खेलाडी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।