
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ४,थाङपालकोटमा रहेको थाङपालकोट कृषि सहकारी संस्था लि.को पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारीकर्मि एबम समाजसेवी निर्मल बन्जाराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भएको साधारणसभा गाउंपालिका अध्यक्ष टासि लामाले पठाउनु भएको शुभकामना मन्तव्य बाचन गरिएको थियो ।
सो साधारणसभामा आफ्नो शुभकामना मन्तब्य राख्नु हुंदै प्रमुख अतिथि बन्जाराले सहकारी क्षेत्र अर्थतन्त्रको तीन खम्बे निति अन्तर्गत रहेको एउटा खम्बा रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र भएकोले सबै नेपाली कुनै न कुनै एक सहकारीको सदस्य बनेर राज्यको अर्थतन्त्रमा योगदान दिंदै आफ्नो आर्थिक हैसियत उठाउनु पर्नेमा जोड दिनुभयो । करिब २०० जना सदस्य रहेको सो संस्थाको बार्षिक कारोबार ९५लाख ५५ हजार ५ सय ७५ रुपैंया रहेको छ ।
संस्थाका अध्यक्ष टेकलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा समाजसेवी तथा थाङपाल भ्याली बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष सुन्दर सापकोटा,पुर्ब अध्यक्ष हरि बहादुर कंडेल लगायतको उपस्थिति रहेको लेखा तथा सुपरिवेक्षण समितिका संयोजक राजन खत्रीले जानकारी गराउनुभयो ।
