सम्पर्क

लामोसाँघुमा पालेको ब्रोईलर कुखुरामा बर्डफ्लु पुष्टि

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका –८ स्थित लामोसाँघुमा स्थानीय किसानले पालेका ब्रोईलर कुखुरामा बर्डफ्लु पुष्टि भएको छ ।
बलेफी गाउँपालिका पशु सेवा प्राविधिक दिपेन्द्र दंगालका अनुसार एक किसानले पालेको चार हजार कुखुरामा २५ सय कुखुरा धमाधम मरेपछि फागुन १० गते स्याम्पल त्रिपुरेश्वर स्थित ल्याव लगिएको थियो । बर्डफ्लु पुष्टि भएसँगै शुक्रबार उक्त फार्मलाई शिल गरिएको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको दंगालको जानकारी दिनुभयो ।
बलेफी गाउँपालिका उपाध्यक्ष कमला कायस्थले बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन’ छर्ने काम भइरहेको बताउँदै किसानलाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।