सम्पर्क

ब्रेकिङ न्युज २

एक सय ६३ जनामा सङ्क्रमण पुष्टि

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
देशभर आज एक सय ६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार सात सय ४६ जनामा गरिएको परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज एक सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने प्रतिशत ९८.६ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ३० पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर र चितवन रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला रहेका छन् । यस्तै होम आइसोलेशनमा दुई हजार तीन सय ४६ जना, संस्थागत आइसोलेशनमा ८४, सघन उपचार कक्ष (आइसियु)मा १७ जना र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरसविरुद्धको खोप चार लाख ८० हजार आठ सय १८ जनाले खोप लगाएका छन् ।रासस...

चौसागढीको कृषिमा मुख्य प्राथमिकता

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले कृषि तथा सामाजिक विकाशलाई मुख्य प्राथमिकता राखेको बताएको छ । नगर जनप्रतिनिधीहरुले पद बहालीगरेको १०० दिनको अवसरमा नगरपालिकाले गरेका काम तथा आगामी योजनाका कार्यहरुको बारेमा जानकारी गराउँन आयोजना गरिउको पत्रकार अन्तरक्रिया कार्यक्रम मा उक्त कुराको जानकारी दिइएको हो । (चौतारासाँगाचोकगढीनगरपालीकाको १००दिनको प्रगती बिबरण हेर्न यँहा थिच्नुहोस)अन्तरक्रीया कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिकाको पहिलो प्राथमिकतामा शिक्षा, स्वास्थ्य, र कृषिलाई मध्यनजर गर्दै भौतिक पूर्वाधारको काम अगाडि बढाईएको समेत बताउनुभयो । नगरपालिका क्षेत्रभित्रको पूर्वी शहरी आयोजना प्राथमिकता, नगरपालिकाभित्र खानेपानी आयोजना लगायत शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर बढाउने योजना प्रस्तुत गर्नुभएको थियो । साथै नगरपालिकाले रोजगारीकोे निम्ति उद्यमशिलता कार्यक्रम, नगरपा...

जसपाको कर्णाली खसान राष्ट्रिय समितिका साथैबिभिन्न समिती गठन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
जनता समाजवादी पार्टी, नेपालको खसान राष्ट्रिय समिति ÷कर्णाली गठन भएको छ । सुर्खेतको विरेन्द्रनगरमा आयोजित भेलाले देवीकृष्ण न्यौपानको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो ।समितिको उपाध्यक्षहरुमा रघुवीर मिजार, लाले कुमाल, भरत केसी, कर्णबहादुर थापा, गगन सारु, यादव गुरुङ मुख्य सचिवमा चन्द्रकला विक, सचिवहरुमा खेमराज अर्याल, सन्तोषी विश्वकर्मा, माधवप्रसाद उपाध्याय, हरिलााल बाङगघरे र फत्तबहादुर सोती रहेका छन् भने समितिको कोषाध्यक्षमा कर्णवीर विक रहनु भएको जसपाले जनाएको छ ।यसै गरी समितिको सदस्यहरुमा गणेशबहादुर नेपाली, कृपाराम बस्नेत, विष्णा शाही, विक्षा खत्री, चित्रबहादुर वली, अमर खत्री, राजबहादुर भाम र तिलक बस्नेत रहनु भएको छ। यसै गरीजसपाको सुदुरपश्चिम प्रदेश खसान राष्ट्रिय समिति गठन भएको छ जनता समाजावदी पार्टी, नेपालको सुदुरपश्चिम प्रदेश खसान राष्टिय समिति गठन भएको छ । डडेल्धुरा जिल्लाको अम...

त्रिपुरासुन्दरीमाइलाई नयाँ मन्दिरमा प्रतिस्थापन

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजङ्ग पाण्डे त्रिपुरासुन्दरी गाउँपालिका वडा न ५ तौथलीमा रहेको सबैको आस्था भएको त्रिपुरासुन्दरी देबीको प्रतिमालाइ नयाँ बनेको मन्दिरमा भदौ २३ गतेको शुभसाइतमा प्रतिस्थापन गरिएको छ । शुभ साइत निकालेर भव्य पुजाआर्चना गर्दै विधिवत रूपमा नयाँ बनेको भव्य मन्दिरमा सधै पुजा अर्चना हुने व्यवस्था मिलाइएको तौथली त्रिपुरासुन्दरी माइ बिकास समितिको अध्यक्ष बिष्णुभक्त श्रेष्ठले बताए। श्रेष्ठको अनुसार पुजारी ,थाकती,धामी ,लाखलखम्बर,बाणादार तथा तौथली, बर्ना र पिस्करका गुठियारको साथै तिर्थालु भक्तजनको उपस्थितिमा ऐतिहासिक त्रिपुरासुन्दरीको पुन निर्मित मन्दिरमा प्रतिस्थापन गरिएको हो । २०७२ बैशाख १२ को भुकम्पले क्षति बनाएको मन्दिरमा स्थानीयको माग र चाहाना अनुसार गाउँपालिकाको समन्वयमा पुरातत्त्व बिभाग को ३ करोड ६४ लाख सहयोगमा मन्दिर निर्माण गरिएको हो ।...

उपमेयर सुनिता डंगोलको१००दिनको प्रगती१५ काम १० योजना

ब्रेकिङ न्युज २, राजनिती, समाचार
यती खेर चर्चाको शिखरमा रहेको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको सय दिनमा गरेका काम का बारेमा आफनो बिबरण सावैजनिक गर्नु भएको छ । महानगर प्रमुख बालेन्द्र शाह स्वतन्त्र र डगोंल नेकपा एमालेको तर्फ बाट उपप्रमुखमा निर्वाचित हुनु भएको हो । १००दिनको प्रगती बिबरण उँहाले काम थालेका योजनाको सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ । यस्तो छ श्वेतपत्रको पूर्णपाठ नेपालको सबैभन्दा ठूलो र पूरानो महानगर काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर कार्यभार सम्हालेको १ सय दिन पूरा भएको छ । सर्वप्रथम, लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगैको स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएपछिका यी १ सय दिनमा काठमाडौँ महानगरवासीबाट प्राप्त साथ, सहयोग, समर्थन र सकारात्मक सुझावलाई अन्तरात्मादेखि नै स्वीकार गर्न चाहन्छु र सव...

वहुविवाह मुद्दाका फरार अपराधी १४ वर्ष पछि पक्राउ

ब्रेकिङ न्युज २, समाचार
वहुविवाह मुद्दाका फरार अपराधिलाई १४ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक साविक दुवाचौर गा.वि.स. वडा नं.९ हाल मेलम्ची न.पा. वडा नं.८ बस्ने वर्ष ६५ को मान बहादुर गिरी रहेका छन् । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०६५।११।०५ गतेको फैसलाले वहुविवाह मुद्दामा कैद १ महिना १५ दिन सजाँय सहित रु ४७,२५०।– जरिवाना तोकेको थियो । जिल्ला अदालतले निजलाई लागेको कैद सजाँय असुलका लागि मंगलबार जिल्ला कारागार चौतारा चलान गरेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताउनुभयो ।...

राष्ट्रयि प्रजातन्त्र पाटीले गर्यो पशसपती शम्शेरलाइ २वटै क्षत्रमा उमेद्धारको सिफासि

ब्रेकिङ न्युज २, राजनिती, समाचार
आगामी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि सिन्धुपाल्चोकजिल्लाको राष्टीय प्रजातन्त्रपाटीले जिल्लाको २वटै जिर्वाचन क्षेत्र बाट पशुपति शंसेर ज.ब.रा लाइ प्रत्यक्षमा नाम सिफारिस गरेको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ प्रतिनिधी सभा( संघिय) प्रत्यक्ष तर्फ श्री पशुपति शंसेर ज.ब.रा, श्री जित बहादुर भारती, श्री नारायण जंग पाण्डे,श्री यस्मिन ढुंगाना (महिला), श्री ज्ञानु पौडेल (महिला) राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ प्रदेश सभा १(क) प्रत्यक्ष तर्फ, ईन्द्र राउत, तिर्थ बहादुर के.सी., श्री अम्बिका बस्नेत (महिला),राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ प्रदेश सभा १(ख) प्रत्यक्ष तर्फ, श्री उत्तम भण्डारी, दिपक थापा, श्री गोला माया तामाङ,यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ प्रतिनिधी सभा( संघिय) समानुपातिक तर्फ , श्री निल ध्वज थापा ( खस आर्य), श्री दा...

भाद्र २३ गतेबाट अग्रिम बुकिङ दुर्घटना बिमा डबल

ब्रेकिङ न्युज २, समाचार
अरनिको यातायात सेवा प्रा.लि.ले भाद्र २३ गते बाट दशै अग्रिम टिकट खुल्ला गर्ने भएको छ । शनिबार बसेको बैठकले उक्त निर्णय गरेको छ । वैठककले दशै तिहार लक्षित गरेर भाद्र २३ गतेबाट अग्रिम बुकिङ खुल्ला गर्ने, व्यवसायी भलाई कोषमा क्रियासिल सदस्यको मृत्यु हुँदा ५ लाख क्षतिपूर्ति दिने ब्यबस्था हुँदै आएकोमा त्यसलाई बढाएर १० लाख रुपैयाँ बनाउँने निर्णय गरिएको छ । अरनिको यातायातमा यात्रा गर्दै गर्दा दुर्घटना परेर अंङ्गभङ्ग भएर घाईते भएकाहरुलाई अरनिको प्रा.ली ले आजिवन एकहजार भत्तादिने व्यवस्था भई रहेकोमा त्यसलाई बढाएर १५ सय बनाएको छ ।यसै बिच कर्मचारीहरु कामको सिलसिलामा अचानक निधन भएको खण्डमा मृत्यु हुँदा एकलाख दिने गरेकोमा त्यसलाई बढाएर तीनलाख बनाईएको छ । प्रा.ली.ले मजदुरहरु चालक, सहचालकको ५ लाखको दुर्घटना बिमा वापतको रकम दिने गरेकोमा बैठकले १० लाख बनाउने निर्णय गरेको नब निर्वाचित अध्यक्ष केदार क्षेत्रीले...

वालवालिका लक्षित फुटबल तालिम शुरु

खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ ले १४ वर्ष मुनीका वालकालिकालाई फुटबल तालिम शुरु गरेको छ । वडा कार्यालयको सहयोग र श्री वालकुमारी श्रृजना क्लबको व्यवस्थापनमा आजबाट तालिम शुरु भएको हो । तालिमको वडा अध्यक्ष दामोदर खड्काले उद्घाटन गर्नुभएको थियो वालवालिकालाई मोबाइलको कुलतबाट टाढै राख्न र वडामा १४ वर्ष मुनीका वालवालिकालाई भविश्यमा फुटबल प्रतियोगिता खेल्न प्रेरणा दिन तालिम शुरु गरेको हो । सो क्लबले भविश्यमा १४ वर्ष भन्दा मुनी, डि,सि बि र ए डिभिजन खेल्न खेलाडी उत्पादन गर्न तालिम आयोजना गरेको हो ।तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष खड्काले वालबालिकालाई फुटबल प्रति आकर्षित गराउन । भविश्यमा उत्कृष्ठ खेलाडी उत्पादन गर्न फुटबल तालिम आयोजना गरेको बताउनुभयो । भन्नुभयो–आजबाट तालिम शुरु भएको छ । यस्लाई सधैको लागि निरन्तरता दिनेछौ । वालवालिकालई कुलतबाट टाढै राख्न र आफ्नो शारिरिक विकास गर्न तालिम स...

मगर विद्यार्थी संघ को अध्यक्षमा राजेन्द्र

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
बिपना तामागं, नेपाल मगर विद्यार्थी संघको जिल्ला अध्यक्षमा राजेन्द्र राना मगर चयन हुनु भएको छ । मगर संघ जिल्ला समिती सिन्धुपाल्चोकको सातौ जिल्ला अधिवेशन अधिवेशन बाट राजेन्द्र राना मगर अध्यक्षमा चयन हुनु भएको हो। शनीबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अन्जु राना मगर ,सचिवमा सस्मिता रखाल मगर सह–सचिवमा सन्तोष राना मगर , कोषाध्यक्षमा बन्दना थापा मगर चयन हुनु भएको छ । जिल्लाको सदरमुकाम चौतारामा सातौ जिल्ला अधिवेशन उद्घाटन गर्दै नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष चित्र पुलामी मगरले सबै क्षेत्रमा अब्बल रहन शिक्षा अनिवार्य रहेको बताउनुहँदै हरेक क्षेत्रमा अब्बल रहन शिक्षा आवश्यक रहेको छ,’ भन्नुभयो। उँहाले ‘हामीहरु राजनीतिक, निजामती वा समाजसेवामा रहन सबैलाई शिक्षा अनिवार्य हुनुपर्छ भन्नुभयो ।नेपाल मगर विद्यार्थी संघ जिल्ला समितिको सातौ अधिवेशन सृजना थापाको अध्यक्षता तथा ने...