सम्पर्क

वहुविवाह मुद्दाका फरार अपराधी १४ वर्ष पछि पक्राउ

वहुविवाह मुद्दाका फरार अपराधिलाई १४ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक साविक दुवाचौर गा.वि.स. वडा नं.९ हाल मेलम्ची न.पा. वडा नं.८ बस्ने वर्ष ६५ को मान बहादुर गिरी रहेका छन् । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०६५।११।०५ गतेको फैसलाले वहुविवाह मुद्दामा कैद १ महिना १५ दिन सजाँय सहित रु ४७,२५०।– जरिवाना तोकेको थियो । जिल्ला अदालतले निजलाई लागेको कैद सजाँय असुलका लागि मंगलबार जिल्ला कारागार चौतारा चलान गरेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताउनुभयो ।