सिन्धुपाल्चोक जिल्लाको बाह्रर्बिसे नगरपालिकाका पदाधिकारी हरुलेआफ्नो कार्यकाल सम्हालेको १००दिन पुगेको अबशर पारेर आफनो गरेका कार्यहरुको बिबरण सार्वजनिक गर्ने भएको छ । नगरपालीकाले भाद्र २१ गते नयरपालिकाको कवर्डहलमा नगरका पदाधिकारी तथा बिभिन्न सघं सस्थाका पदाधिकारीहरु समेतलाइ भेला गराइ उक्त कार्यक्रम गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत चुरा मणी पन्थीले जानकारी गराउँनु भएको छ । उँहाले सुचना प्रकाशित गर्दै १००दिने प्रगती प्रतीबेदन सार्वजनीक गरिने जानकारी दिनु भएको छ । पन्थीले सोमबार देखी आफ्नो कार्यकाल सम्हाल्नु भएको हो ।
नगरपालीकाको हरेक कामहरुको बारेमा पारदर्सीता गर्नु नगर पालीकाको कार्यपालीकाले गरेका निर्णयहरु कार्यन्वयन गराउँनु कर्मचारीको मुख्य दाइत्व रहेकाले सोही दाइत्व पुरा गर्न आफ्नो कर्तब्य रहेको बताँदै पन्थी ले कार्यभार सम्हाल्नु भएको थियो । उँहा
मध्यपुर थिमि नगरपालिका बाट आउँनु भएका प्रमुख प्रशासकीय अधिकृत पन्थी मध्यपुरमा रहँदा पनी इमान्दारीता पुर्बक आफ्नो कर्तब्य पुरा गर्नु भएको र नगरपालिकामा निभाउँनु भएको महत्वपूर्ण भूमिका तथा जिम्मेवारी प्रति मध्यपुर नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुबेदी ले आभार व्यक्त गर्दै मायाको चिनो दिनु भएको थियो । बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले पन्थीलाइ स्वागत गर्दै नगरबासीको कुनै पनी गुनासो नआउँने गरी जनमुखी काम गर्नु सबै कर्मचारीको दाइत्व रहेको बताउँदै सबैलाइ सम्मानजनक ढगंले सेवा दिन पर्ने बताउँनु भयो । पन्तलाइ उपप्रमुख मन्जु तामागं लगाएतका कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।
बालकृष्ण बस्नेत नगर प्रमुख भए पछी जोखीममा रहेका नागरिकलाइ सुरक्षित स्थानमा बसोबार गर्ने ब्यबस्था गरि जग्गा धनी पुर्जा दिने काम, जोड दुइ सम्म निशुल्क शिक्षा, बाह्र्बिसे स्वास्थ्य केन्द्रमा थप बेडको ब्यबस्था, बाढी पहीरोले अलपत्र परेका सुत्केरी बिरामीलाइ तत्काल स्काइभेटर प्रयोग गरी खोला तारेर आफ्नै सबारी साधनमा अस्पताल पठाउँने लगाएतका महत्वपुर्ण कामहरु गरेर लोकप्रियता कमाउँनु भएको छ । जँहा मानिस शिक्षीत हुन्छन त्यहाका नागरिक स्वस पनी हुन्छन र जाँहा शिक्षीत र स्वस्थ नागरिक हुन्छन त्यँहा रोजगारको लागी पनी खाशै समस्या नपर्ने भएकाले आफुले पहीलो प्रथमिकतामा शिक्षालाइ राखेको बताउँदै आउँनु भएका बस्नेतले आफु नगर प्रमुख भए लगत्तैे प्लस २सम्म निशुल्क शिक्षाको ब्यवस्थागर्नु भएको थियो ।
