सम्पर्क

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साविक दुवाचौर गा.वि.स. वडा नं. ६ हाल मेलम्ची नगरपालिका वडा नं.७ बस्ने वर्ष ६६ को खम्बे भन्ने जित बहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रतिवादी तामाङलाई आईतबार ११ः०० बजेको समयमा मेलम्ची नगरपालिका ७ स्थितबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताउनुभयो । मानव वेचविखन तथा ओसारपसार मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०४५।१२।२९ गतेको फैसलाले नौ वर्ष दुई महिना आठ दिन सजाँय तोकेको थियो । जिल्ला अदालतले निजलाई लागेको कैद सजाँय असुलका लागि सोमबार जिल्ला कारागार चौतारा चलान गरेको बुढाथोकीले बताउनुभयो ।