सम्पर्क

महेन्द्र माविको ६३ औँ बार्षिकोत्सव सम्पन्न

ईन्द्रावती गाउँपालिका –२ कुञ्चोकमा रहेको महेन्द्र माध्यामिक विद्यालयको ६३ औं वाषिक उत्सब भब्य कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रम ईन्द्रावती गाउँपालिकाको उपाध्यक्ष सोभाना तामाङको प्रमुख आतित्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको विशेष अतिथिका रूपमा ईन्द्रावती गाउँपालिका वडा नम्बर –२ का वडा अध्यक्ष श्यामबहादुर गिरी र वडा नम्बर –३ का वडाअध्यक्ष भिमसेन थापाको उपस्थिति रहेको थियो । कार्यक्रममा जग्गा दाता, संस्थापकहरूलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रमकै अवसर पारेर विद्यालयका विभिन्न कक्षामा प्रथम, द्धितिय र तृतिय हुनुहुने र खेलकुद सप्ताहमा प्रथम, दितिय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
साथै विद्यालयको अक्षयकोष मार्फत कक्षा ११,१२ र यस.ईई मा उत्कृष्ट अंक प्राप्त गर्ने भाईबहिनिहरूलाई पुरस्कार वितरण गरियको थियो । कार्यक्रमको सभापतित्व भने विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रामबहादुर सुनारले गर्नुभएको थियो ।