सिन्धुपाल्चोक,जोखीममा परेका नागरिकलाइ सुरक्षीत स्थानमा स्थाइ बसोबास गराउँने पहीलो स्थानीय सरकारमा बाह्र्बिसे नगर पालीका भएको छ । स्थानीय नागरिकलाइ सुबिधा दिनैका लागी राजनिती गर्नुपरेको बताउँदै आउँनु भएका नेपाली काँग्रेसका युवा नेता बालकृष्ण बस्नेतले नगर प्रमुखमा निर्वाचित भएर कार्य शुरु गरेको १०० दिनमा नै लोकप्रिय काम गरेर नागरिकलाइ सुबिधा उपलब्ध गराउँन सफल हुनु भएको नगरपालीकाबाट प्रस्तुत कार्य प्रगती बिबरणले बताएको छ ।
स्थानीय सरकार को१०० दिन पुगेको अबशरमा आयोजित प्रगती सार्बजनीक कार्यक्रममा बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र लाई १५ शैयाकोआधारभूत अस्पताल स्वीकृतको लागि पहल गरिस्वीकृति प्राप्त गर्न सफल भएको र दरबन्दी अनुसारकर्मचारीको मागको लागि मन्त्रालयमा पहल गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ । अभिलेखिकरण भएका पहिरो विस्थापित १२३ परिवार मध्ये१४ परिवारलाई जग्गा पुर्जा उपलब्ध गराएको । कक्षा १२ सम्म निशुल्क शिक्षा तथा कक्षा ८ सम्म दिवा खाजाको ब्यवस्था गरेर लोकप्रियता कमाएको बाह्र्बिसे नगरपालीकाले मगंलबार एक कार्यक्रमका बिच आफ्नो प्रगती बिबरण सार्बजनीक गरेको हो ।100days Balkrishna (प्रगतीबिबरणकोपुर्णपाठ हेर्न यँहा थिच्नुहोस)Basnet जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण बस्नेतको प्रमुख अतिथ्यतामा कबर्डहलमा भएको कार्यक्रममा नगरपालीकाका प्रबक्ता तथा वडा नं ८का वडाअध्यक्ष बिमल पौडेलले प्रगती बिबरण वाचन गर्नु हुँदै आफुले पाउँने सुबिधाबाट बिद्यालयलाइ कम्प्युटर दिएको बताउँनु भयो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले सरकारले गर्न नसकेको कक्षा १२ सम्मको निशुल्क शिक्षा र ८ कक्षा सम्मको खाजाको ब्यस्था काम बाह्र्बिसे नगरपालीकाले गरेको बताउँदै शिक्षा, स्वास्थ्य,र कृषीमा नगरपालीकाले गरेको काम उपलब्धीमुलक रहेको बताउँदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले दिनु भएको मार्ग निर्देशन अनुसार काम गर्दा सफल भएको स्पष्ट पार्दै जिल्ला सम्मन्वय समितीले जिल्लाको १२वटै पालीका सँग सम्मन्वय गरेर समृद्ध जिल्ला निर्माणको खाका तैयार गर्न लागेको बताउँनु भयो । कार्यक्रममा उप प्रमुख मन्जु तामागंले उपलब्धी बिहीन कार्यमा नगरले खर्च नगर्ने बताउँदै उपलब्धीमुलक योजना ल्याउँन सबैमा आग्रह गर्नु भयो । प्रमुख प्रशासकीय अधिकृत चुरा मणी पन्थीले समृद्ध बाह्र्बिसे नगर निर्माणका लागी सबै कर्मचारी एक भएर सहयोग गर्ने बताउँनु भयो । कार्यक्रमको समापन गर्दै नगर प्रमु बस्नेतले शिक्षक हरुलाइ कक्षा १२ सम्मका बिद्यार्थीहरु सँग कुनै पनी शुल्क नलीन र बिद्यार्थीहरुलाइ बिद्यालयमा शिकाइको ब्यबस्था सरल बनाउानु अनुरोध गर्दै अत्याबश्यक काम बाहेका बाहीर नजान आआफ्नो कार्यक्षेत्रमा बसेर नागरिकको सेवागर्न जनप्रतिनीधीहरुलाइ अनुरोध गर्नु भयो । उँहाले धुस्कुन , पिस्कर बाट बाह्र्बिसे आउँनका लागी बर्षादको समयमा खालाको कारण समस्यामा परेका कारण यही बर्ष पुल बनाउँने बताउानु भयो । उँहाले नगरपालीकाले १जना इन्जीनीयर र एक जना डाक्टर उत्पादन गर्ने त्यसका लागी नगरले पढ्ने ब्यबस्था मिलाउँने बताउँनु भयो । अर्काे महत्वपुर्ण कुरा शिक्षाको अगुवा बिर बहादुर खड्का र पुर्ण चन्द् पौडेलको सालीक बनाउँने घोषणा समेत गर्नु भयो । कार्यक्रमको लोकप्रियसमाचारको सामाजिक सञ्जालबाट समेत प्रत्यक्ष प्रशारण गरेको थियो ।
