सम्पर्क

पाँचपोखरीमा ६६घरधुरीले पाए मिटरजडीत धारापानी २बर्ष भित्र सबैले पाउँने

सिन्धु पाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका मा खानेपानीको समस्या समधान भए पछी वडा नं ५ गुन्सा र वडा नं ६का नागरिकहरु खुशी भएका छन । गाँउपालीकाका र आरसी नेपालको सम्मन्वयमा निर्माण भएको मिटर जडीत एक घर एक धारा कार्यक्रम स्थानीयलाइ हस्तानन्तरण गरे पछी स्थानीयमा खुशी छाएको हो । वडा नं ५ गुन्सा र वडा न ६ थाङ्पाल धाप बहादुर टोल लेखर्क मा करिब ३ किमि टाढा देखि पाईप लाईन बिस्तार गरि १० हजार लिटर को रिजर्भ ट्याङ्की सहीत स्थानीय समुदायलाइ हस्तानन्तरण गरिउको गाउँ पालीकाको उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिनु भयो । उँहाका अनुसार वडा नं ६मा १ घर १ धारा खानेपानी योजना २२ घर परिवार लाई गाउँपालिका र आर्सो नेपाल को सहयोग र समन्वयमा निर्माण सम्पन्न गरि बुधबार एक कार्यक्रमका बिच पालीकाका अध्यक्ष टासी लामाले समुदाय लाई हस्तान्तरण गर्नुभएको छ।यसै गरी वडा न ५ गुन्सा वाईवा टोल खानेपानी आयोजना अन्तरगत ४४ घर धुरीलाई पनि १ घर १ धारा मिटर सहित निर्माण सम्पन्न गरि गाउँपालिका अध्यक्ष टासी लामा ले उद्धघाटन गर्नु भएको छ । गाँउपालीका र आरसी नेपालको लगानीमा सम्पन्न उक्त कार्यक्रमको उद्धघाटन गर्दै पालीका प्रमुख प्रमुख लामाले लीकाको नागरिकको खुशी नै आफ्नो खुशी रहेकोले पालीकाका नागरिकलाइ सुबिधा सम्पन्न गराए्र खुशी बनाउँनु आफ्नो पहीलो कर्तब्य रहेको बताउानु भयो । नागरिकको समस्या समधान गर्नु स्थानीय सरकारको पहीलो प्रथमिकता रहेकाले पाँचपोखरी गाँउपालिकाले यस तर्फ ध्यान दिएको बताउँनु भयो । कार्यक्रममा पालिकाका उपाध्यक्ष सुनिता अधिकारी ले आगामी २ बर्ष भित्र पाँचपोखरी थाङ्पाल गाउँपालिका भित्रका सबै वडा का बस्ती हरुमा मा १ घर १ धारा बनाउने लक्ष्य गाउँपालिका को रहेको बताउँनु भयो ।