सम्पर्क

चौसागढीको कृषिमा मुख्य प्राथमिकता

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले कृषि तथा सामाजिक विकाशलाई मुख्य प्राथमिकता राखेको बताएको छ । नगर जनप्रतिनिधीहरुले पद बहालीगरेको १०० दिनको अवसरमा नगरपालिकाले गरेका काम तथा आगामी योजनाका कार्यहरुको बारेमा जानकारी गराउँन आयोजना गरिउको पत्रकार अन्तरक्रिया कार्यक्रम मा उक्त कुराको जानकारी दिइएको हो । (चौतारासाँगाचोकगढीनगरपालीकाको १००दिनको प्रगती बिबरण हेर्न यँहा थिच्नुहोस)अन्तरक्रीया कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिकाको पहिलो प्राथमिकतामा शिक्षा, स्वास्थ्य, र कृषिलाई मध्यनजर गर्दै भौतिक पूर्वाधारको काम अगाडि बढाईएको समेत बताउनुभयो । नगरपालिका क्षेत्रभित्रको पूर्वी शहरी आयोजना प्राथमिकता, नगरपालिकाभित्र खानेपानी आयोजना लगायत शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर बढाउने योजना प्रस्तुत गर्नुभएको थियो । साथै नगरपालिकाले रोजगारीकोे निम्ति उद्यमशिलता कार्यक्रम, नगरपालिका क्षेत्रमा भएका कृषि, धार्मिक पर्यटनको क्षेत्रलाई व्यवस्थित तथा प्रवद्र्धनका योजना बारेमा जानकारी दिनुभयो । उँहाले पानीको खानी रहेको चौतारामा मिनिरल वाटरको बोतल देख्दा चिन्ता लागेकोले त्यस बापत हुने खर्च बचत गर्न आफु लागिपरेको बताउदै नगर प्रमुख सापकोटाले बिगतको भन्दा कृषीमा दोब्बर बजेट बिनियोजन गरिएको समेत बताउनुभयो । सञ्चार कर्मीहरुको जिज्ञासा को जवाफ दिदै बिपद ब्यवस्थापनमा सबै पिडितलाई राहत दिन नसके पनि स्थानिय सरकार छ भन्ने महसुस गर्ने खालको मलम लगाएको बताउनुभयो । सुकुटेमा भएको क्षतिका सम्बन्धमा तत्काल सकेको सहयोग गरिएको जल्केनि, सिरुवारि लगायतका क्षेत्रमा सकेसम्म सुरक्षित बासस्थानको ब्यवस्था मिलाउँन छलफल गरिरहेको नगर प्रमुख सापकोटाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । बजेट बिनियोजन गर्नु मात्रै ठुलो कुरा नहुने बताउँदै उपलब्धिमसलक काम गर्नेलाई प्रोतसाहन दिनुपर्ने जोड दिनुभयो अहिलेको परिस्थितिमा उत्पादन बढाउन दिएको अनुदान सहि सदुपयोग गर्न ,नागरिकलाई आफै उत्पादन बढाउन अग्रसर हुन र उद्यमी बन्न उत्प्रेरित गर्न जरुरी देखिएको नगर प्रमुख सापकोटाले भन्नुभयो । यस्तै नगरपालिकाले चौतारा बजारमा भएको पार्किङको समस्यालाई समाधान गर्न हाल टुडिखेल मुनि पार्किङको ब्यवस्था मिलाएको छ। साथै चौतारा बजारमा सार्वजनिक शौचलय निर्माणका लागि प्रक्रिया अगाडि बढेको यसैगरी नगरभित्रका पहिरो प्रभावितहरुलाई तत्काल अस्थायी समाग्री वितरण गर्न मात्र सकेको र पिडितलाई दिगो रुपमा स्थायी बासका लागि राहत दिन संघ तथा प्रदेश सरकारसंग प्रस्ताप र छलफल भइरहेकोे जानकारी दिनुभयो । उँहाले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन वृद्धा, अपाङगता भएकालाई प्रथामिकतामा राखेर टोलटोलमा स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको स्त्री रोगको ९ पाठेघरमा समस्या भएका महिलाहरुको उपचारका लागि चौतारा र सागाँचोकमा विषेशज्ञद्धारा चेकजाँच गर्ने ब्यवस्था , अघिल्ला वर्षहरुमा दोब्बर बढि मुलल्यमा खरिद भइरहेको अनियमिततालाई रोक्दै यस आर्थिक वर्षमा सोही मुल््यको औषधि २२ लाखमा खरिद गरेको उपलब्धि भएको बताउँनु भयो । उहँले चौतारासंग जोडिने २ र ३ नंम्बर प्रभावित कुविण्डे खोलामा पुल निमार्ण गर्न चौतारा नगरपालिकाकाको पहलमा केन्द्रबाट एक करोडको टेन्डर भएर बहुवर्षिय योजना सुरु भएको बताउँनु भयो । कार्यक्रममा उप प्रमुख सिता थापा लगायत सञ्चार कर्मीहरुको उपस्थिती रहेको थियो ।