सम्पर्क

जनमतको कदर गर्न सिन्धु काँग्रेसको आग्रह

जनमतको कदर गर्न सके मात्र राज नेताका कामहरु सफल हुने हुदा जनमतको कदर गर्न‘ राजनेताहरुको पहीलो दाइत्व रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री मोहनबहादुर बस्नेतले बताउँनु भएको छ । जनमत अनुसार गठबन्धन नभए स्विकार गर्न नसकिने कुरा दोहोर्याउनु हुँदै बसनेतले यस्तो बताउँनु भएको हो । सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ मा आफुले टिकट नछोड्ने संकेत गर्दै हाइट र पदले नभै जनमत अनुसार गठबन्धन हुनुपर्नेमा जोड दिनुभयो । शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा भएको १०९ औँ बीपी जयन्ती तथा जनताको साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रमा प्रमुख अतिथिको आशन बाट बोल्नु हुँदै बस्नेतले उक्त कुरा बताउनुभएको हो । उँहाले बिपिको आदर्शलाई नेपाली कांग्रेसले अक्षरस सिरोधार्य गर्दा नेपालको छिटै सम्मुनत हुने बताउँदै नेपाली कांग्रेस विपिको आदर्शबाट थोरै मात्र चुक्यौ भने नेपालमा प्रजातन्त्र लोकतन्त्र, कमजोर हुन्छ र कम्युनिष्टहरुबाट प्रतिगामी कदम चाल्ने बताउनुभयो । काग्रेस आफै एक्लै चुनाव लडेर जित्न सक्ने बताउनु हुदै बिकासप्रेमी पार्टीलाई जनताले जिताउने स्पष्ट पार्न‘ भयो । बस्नेतले आफुलाई पाटीले कहील्यै पनि अन्याय नगरेको बताउँदै ढुक्क भएर नेपाली कााग्रेसलाई जिताउँन लागी पर्न सबैलाई अनुरोध गर्नुभयो । उपस्थितीलाई कार्यक्रममा स्वागत मन्तब्य राख्दै पाटी सचिब भक्तध्वज बोहोराले सिन्धुपाल्चोक जिल्लाका मोहनबहादुर बस्नेतलाई पार्टीले जसरी भएपनि टिकट दिनपर्ने बताउदै लोकप्रिय नेतालाई बञ्चित गर्न नहुने बताउँनु भयो । उँहाले गठबन्धन जनमतका आधारमा हुनुपर्नेमा जोड दिनुभयो । पार्टी सभापती जगं बहादुर लामाको सभापतीत्वमा भएको कार्यक्रममा बोल्दै बिशेष अतिथि बहादुर तामाङले जँहा पार्टीको संगठन कमजोरी छ त्यँहा बलियो भएकालाई दिनपर्छ भन्नु हुँदै जँहा जसको सगठन बलियो छ त्यहा त्यस पार्टीका उम्मेदवारीलाई निर्वाचनमा सहभागी गराउँन पर्ने बताउँनु भयो । कार्यक्रममा बागमती प्रदेसका सहमहामन्त्री हरिशरण श्रेष्ठ, सदस्य शान्ता थापा क्षेत्री,लगाएतका नेताहरु त्यसै गरि जिल्ला सम्मन्वय समितकिा प्रमुख बालकृष्ण श्रेष्ठ, जिल्लाका पार्टी पदाधिकारीहरु १ क्षेत्रका क्षेत्रीय सभापती तथा बाह्रबिसे नगरपालीकाका प्रमुख बालकृष्ण बस्नेत, पुर्व मन्त्री बिष्णु बिक्रम थापा, जिल्ला स्थित पदाधिकारीहरु लगायत अन्य थुप्रै नेता कार्यकर्ता को उत्साह जनक उपस्थित रहेको थियो । कार्यक्रम बिपीको फोटोमा माल्यर्पण गरेर शुरु भएको थियो । आगामी निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गर्ने निर्णय गरेको छ । बस्नेतको क्षेत्र सिन्धुपाल्चोक–१ हो । जुन गठबन्धन दल माओवादीका नेता तथा सभामुख अग्निप्रसाद सापकोटाको पनि हो । यहाँ दुवै ‘हेभिवेट’ नेताले टिकटका लागि आफ्नो अडान छाडेका छैनन् । मंसिर ४ को चुनावका लागि माओवादी केन्द्रले सिन्धुपाल्चोक–१ बाट सापकोटा र कांग्रेसले बस्नेतको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरेको छ । बस्नेतको एकल सिफारिस गरिएको छ भने माओवादीले सापकोटासँगै तीन जनालाई सिफारिस गरेको छ । यता नेपाली काँग्रेसका जिल्ला स्थीत नेता तथा कार्यकर्ताहरु भने गठबन्धनको नाममा बिकासे नेता छान्नका लागी कार्यकर्तालाइ मतदान गर्न बाट बञ्चीत गर्न नहुने कुरामा एक मत रहेका छन् ।