सम्पर्क

बिभिन्न कार्यक्रम गरी मनाइयो साक्षरता दिबस

‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश दिनुहुँदै साक्षरता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्नको मापनसहितको प्रतिवेदन समेत सार्वजनिक गरेको छ । यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्लामा पनी बिभिन्न कार्यक्रम गरि यो दिबस मनाइएको छ । जिल्लाको सदर मुकाम चौतारासाँगानचोक गढी नगरपालिकामा पनी शैक्षिक गुणस्तर सिकाइ अभिवृद्धिमा सरोकारवालाको भूमिका भन्ने शीर्षकमा अन्तरक्रियात्मक कार्यक्रम गरी मनाइएको नगर सचिवालयका रमेश सापकोटाले जानकारी दिनु भएको छ । कार्यक्रममा प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटालेबर्तमान परिस्थीतीमा प्रयोगात्मक शिकाइमा रुपानन्तरण गरेर ब्यबहारमा लागू गर्न सके मात्र शिक्षा सिकाइको उपलब्धी हुने बताउँनु भएको छ । उँहाले५६औ अन्तरराष्ट्रिय साक्षरता दिवसको अबशरमा चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा शाखाले शैक्षिक गुणस्तर सिकाइ अभिवृद्धिमा सरोकारवालाको भूमिका भन्ने शीर्षकमा अन्तरक्रियात्मक कार्यक्रम लाइ सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । नगरपालिकाका कुनै पनी नागरिकहरु शिक्षाबाट बञ्चति हुन नपरोस। सबैले उपलब्धीमुलक शिक्षा हासिल गर्न सकुन भनेर नगरपालिकाकाले बिशेष कार्यक्रमहरु ल्याइरहेको र शिक्षा क्षेत्रको बिकासका लागी आफु र नगरपालिकाले गर्न सक्ने सबै प्रकारका सहयोग गरिरहने बताउँदै शिक्षा सिकाइमा लागेकाहरुले पनी इमान्दारीताका साथ उपलब्धीमुलक शिक्षा सिकाइमा ध्यान दिन पर्ने बताउँनु भयो । नगरबिकासका लागी शिक्षाको महत्वपुर्ण भुमिका हुने भएकोले शिक्षाको बिकास अनीबार्य भएको बताउँनु हँदे नगर प्रमुख सापकोटाले शिक्षा सिकाइलाइ नगरपालिकाले प्राथमिकतामा राखेको बताउँनु भयो । जिल्ला सम्मन्वय इकाइ प्रमुख कृष्ण प्रसाद सुबेदीले हरेक क्षेत्रमा शिक्षाको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्दै समाबेशी शिक्षा सिकाइमा राज्यले ठुलो बजेट खर्च गरेको बताउँनु भयो । उँहाले कसरी गुस्तरिय सिक्षा सिकाइ हुन्छ त्यसरी नै शिक्षा सिकाइको लागी सरकार तैयारी अबस्थामा रहेको बताउँनु भयो । उँहाले नेपालको विद्यामान शिक्षा नीति तथा कार्यक्रमहरु विद्यालय शिक्षामा समतामूलक पहूँच सुनिश्चित गर्ने शिक्षालाई रोजगार उन्मूख बनाउने गुणस्तरमा सुधार एवम व्यवस्थापकीय क्षमतामा अभिवृद्धि गरि आर्थिकसामाजिक विकासका लक्ष्य हासिल गर्ने तर्फ राज्य अग्रसर भएको बताउँनु भयो । कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख बसँन्तराज जोशील्े आफ्नो तर्फबाट काार्य पत्र प्रस्तुत गर्नु हुँदै नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारको रुपमा स्थापित गर्दै माध्यमिक शिक्षा निशुल्क आधारभूत शिक्षा अनिवार्य र निशुल्क हुने व्यवस्था गरेर्को बताउँनु भयो । सबैका लागि गुणस्तरीय आधारभूत शिक्षाको सुनिश्चितताका लागि नेपालले राष्ट्रिय तथा अन्ताट्रियस स्तरमा प्रतिवद्धता जनाएको छ । त्यसै अनुरुप विद्यालय क्षेत्र विकास कार्यक्रम २०६८ देखि २०७८ समाप्त भइ शिक्षा क्षेत्रको योजना स्कूल एजुकेशन सेक्टर प्लान क्भ्क्ए २०७९(२०८७ को योजना लागू रहेको छ । दीगो विकासको लक्ष्य अनुसार २०८३ मा अति कम विकसितबाट विकाशिल देशमा पुग्ने तथा २०३० सम्म दीगो विकासको आधारभूत लक्ष्यहरु हासिल गर्नका लागि राष्ट्रिय तथा स्थानीय स्तरमा शैक्षिक कार्यक्रम तथा नीतिहरु तय भएका छन् । सोही अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि शैक्षिक सत्र २०७९।८० को वार्षिक शैक्षिक योजना बनाउन सान्दर्भिक रहेको देखिन्छ भन्नु भयो । सो अबशरमा उँहाले शिक्षा युवा तथा खेलकुद शाखाको आ व २०७८र०७९ को प्रगति विवरण समेत प्रस्तुत गर्नु भएकोथियो । कार्यक्रममा नगरपालिकामा रहेका माबीका प्रअहरु,वडाअध्यक्षहरु, नगरपालिकाका पदाधिकारीहरु एवम सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।