सिन्धुपाल्चोक जिल्लाका मेलम्ची नगरुपालीकाका प्रमुख आएतमान तामाङ उपप्रमुख उमा प्रधान सहितका पदाधिकारीहरुलाई काठमाण्डौ महानगरपालीकाका प्रमुख बालेन शाह उपप्रमुख उमा प्रधान लगायतलाइ स्वागत गर्न भएको छ । यसका साथै पर्यटन बिकास संस्कार सस्कृतीको जगेर्ना कसरी गर्न सकिन्छ र कसरी समृद्ध नगर बनाउन सकिन्छ भन्ने बिषयमा समृद्ध छलफल भएको नगर प्रमुख आइतमान तामाङले बताउँनु भएको छ ।
भाद्र शुक्ल चतुर्दशीको दिन काठमाडौंका महानगरबासी नेवार समुदायले इन्द्रजात्रा उत्सव मनाउने परम्परा छ । राजा गुणकामदेवले सर्वप्रथम इन्द्रजात्रा उत्सव मनाउन शुरु गरेको यसै दिनलाई राजा जयप्रकाश मल्लले रथयात्रा गर्ने परम्परा बसालेका जनाइएको छ । चोखो भएर बिहानै इन्द्रध्वज उठाउने, लिङ्गो पूजा गरी शिरमा पुष्प गुच्छाले सजाई, छाता सहितको गजूर र जमिनसम्म छुने कपडाको ध्वजा हनुमान् ढोका अगाडि तलेजु भवानीको मन्दिर सामु राखिन्छ ।त्यस ध्वजा राखेको रथमा ऐरावत नामको हात्तीमा चढेका इन्द्रमहाराजको मूर्ति राखिन्छ । त्यो बेला इन्द्रध्वजोत्थान गर्न राजा, मन्त्रीहरु र जनसागर जम्मा भई विजयको उत्साहले लिङ्गो उठाइन्थ्यो । तर अहिले समय बदलिएसँगै राष्ट्रपति, मन्त्रीहरु र नगरवासीहरुको उपस्थितमा ध्वजोत्थान गर्ने गरिन्छ । यहि जात्राको अवलोकन, अध्ययन र विस्तृत जानकारी दिन काठमाडौं महानगरलिकाले स्वदेश तथा विदेशमा आफ्नो भगिनी सम्बन्ध रहेको मेलम्ची नगरपालिका सहित १० पालिका प्रमुख र उपप्रमुखहरुलाई आमन्त्रित गरेको थियो । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल सहित आमन्त्रित पालिका प्रमुख र उपप्रमुखहरुलाई काठमाडौंको हनुमान् ढोका दरबार स्क्वायर क्षेत्रमा रहेको मठमन्दिरको अवलोकन तथा पुरातात्त्विक सम्पदाहरुको पैदलै अवलोकन गराउनु भएको छ । आज ललितपुरको पाटन र भक्तपुरको दरबार स्क्वायरको अवलोकन गराउने कार्यक्रम रहेको छ भने चौथो दिन भोली किर्तिपुरको पुरातात्त्विक महत्वको मठमन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ तत्पश्चात् दिउंसो राष्ट्रिय सभामा पुगेर कार्यक्रम समापन तथा बिधाई गर्ने कार्यक्रम रहेको महानगर प्रमुख बालेन्द्र शाहले बताउँनुभएको छ । उक्त कार्यक्रममा मेलम्ची नगरपालिकाको तर्फबाट नगर प्रमुख आईतमान तामाङ र उपप्रमुख उमा प्रधान सहित ४ जानको सहभागिता रहेको मेलम्ची नगरपालीकाको सचिवालयले जनाएको छ ।
