बिपना तामागं,
नेपाल मगर विद्यार्थी संघको जिल्ला अध्यक्षमा राजेन्द्र राना मगर चयन हुनु भएको छ । मगर संघ जिल्ला समिती सिन्धुपाल्चोकको सातौ जिल्ला अधिवेशन अधिवेशन बाट राजेन्द्र राना मगर अध्यक्षमा चयन हुनु भएको हो।
शनीबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अन्जु राना मगर ,सचिवमा सस्मिता रखाल मगर सह–सचिवमा सन्तोष राना मगर , कोषाध्यक्षमा बन्दना थापा मगर चयन हुनु भएको छ । जिल्लाको सदरमुकाम चौतारामा सातौ जिल्ला अधिवेशन उद्घाटन गर्दै नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष चित्र पुलामी मगरले सबै क्षेत्रमा अब्बल रहन शिक्षा अनिवार्य रहेको बताउनुहँदै हरेक क्षेत्रमा अब्बल रहन शिक्षा आवश्यक रहेको छ,’ भन्नुभयो। उँहाले ‘हामीहरु राजनीतिक, निजामती वा समाजसेवामा रहन सबैलाई शिक्षा अनिवार्य हुनुपर्छ भन्नुभयो ।नेपाल मगर विद्यार्थी संघ जिल्ला समितिको सातौ अधिवेशन सृजना थापाको अध्यक्षता तथा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिति सदस्य संगिता राना मगर, नेपाल मगर संघ जिल्ला समिति सिन्धुपाल्चोकका सह कोषाध्यक्ष मोहन थापा मगरको आतिथ्यतामा सातौ अबिधेशन सम्पन्न भएको कोषध्यक्ष बन्दना थापाले जानकारी दिनु भयो ।
