सम्पर्क

नेपाल ल क्याम्पसमा अनियमितता भएको भन्दै नेविसंघद्धारा खर्च विवरण माग

 

 

क्याम्पसले आफ्नो ६८ औं स्थापना दिवसमा करिब एक करोड बराबर खर्चभएको सावैजनिक गरे पछी नेबीसंघले यसको छानबिन हुन पर्ने भन्दै खर्च सावैजनीक गर्न माग गरेको छ। कार्यक्रममा करिब एक करोड रुपैयाँ खर्च भएको भनी आयोजक समितिबाट जानकारी प्राप्त भएको तर उक्त खर्चमा अनियमिताको संखा भएको हुँदा सो क्याम्पसका ने वि संघ नेपाल ल क्याम्पस इकाइका सभापति मुकेश सेन्चुरीले सो समारोहमा भएको खर्च विवरण क्याम्पसका सूचना अधिकारी सहायक क्याम्पस प्रमुख विजय जैसवाललाई सूचनाको हक प्रयोग गरी उक्त कार्यक्रमको सम्पूर्ण खर्च विवरणको लिखित प्रमाणित सूचना माग गर्दै निवेदन पेस सोत गर्नु भएको छ ।राष्ट्रपति विद्या देवी भण्डारीको प्रमुख आतिथ्यमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसले आफ्नो ६८ औं स्थापना दिवस मनाइएको छ । कानून संकायका डिन डा.विजय सिंह सिजापति र क्याम्पस प्रमुख डा.दीनानाथ पराजुली लगाएत अथितीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा क्याम्पसका पूर्व तथा हालका विद्यार्थीहरूलाई सम्मान कार्यक्रम, खेलकुद प्रतियोगिताको पुरस्कार वितरण लगाएतका कार्यक्रमहरु गरी दिबस मनाइएको हो । मिति २०७९(०३(१७ गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा सम्पन्न गरिएको थियो ।उक्त वार्षिक उत्सव समारोहमा अन्य शैक्षिक क्रियाकलाप अन्तर्गत अभ्यास अदालत र खेलकुद कार्यक्रम को रकम भुक्तानीसमेत नभयको गुनासो प्राप्त भएको र साथै खेलकुद गतिविधि को तालिम को निमित्त प्रदर्शनी मार्ग स्थित काठमाडौ फन पार्क मा तालिम गरेको रकम भुक्तानीसमे नपाएको भनि क्याम्पस का विद्यार्थीलाई विद्यार्थीले आफै भुक्तानी गर्नुपर्छ भनि फन पार्क का कर्मचारीले विद्यार्थीलाई दवाब सिर्जना गरेको हुँदा सोही खर्च विवरण द्वारा स्पष्ट पार्नु पर्ने माग सहित विषयलाई लियर ने वि संघ ईकाई ल क्याम्पस का सभापति मुकेश सेन्चुरीले उक्त समारोहमा खर्च भयका सम्पूर्ण विवरणको सूचनाको हक प्रयोग गरि क्याम्पस का सुचना अधिकृतलाई विवरण माग गर्नु भएको छ।क्याम्पसले सूचना उपलब्ध नगराएको खण्डमा नेवि संघ नेपाल ल क्याम्पस इकाईले अझ कडा भन्दा कडा कदम चाल्न बाध्य हुने भन्दै राष्ट्रिय सूचना आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत बोधार्थ गरेको जानकारी इकाइका सभापतिले जानकारी गराउँनु  भयो ।