अरनिको यातायात सेवा प्रा.लि.ले भाद्र २३ गते बाट दशै अग्रिम टिकट खुल्ला गर्ने भएको छ । शनिबार बसेको बैठकले उक्त निर्णय गरेको छ । वैठककले दशै तिहार लक्षित गरेर भाद्र २३ गतेबाट अग्रिम बुकिङ खुल्ला गर्ने, व्यवसायी भलाई कोषमा क्रियासिल सदस्यको मृत्यु हुँदा ५ लाख क्षतिपूर्ति दिने ब्यबस्था हुँदै आएकोमा त्यसलाई बढाएर १० लाख रुपैयाँ बनाउँने निर्णय गरिएको छ । अरनिको यातायातमा यात्रा गर्दै गर्दा दुर्घटना परेर अंङ्गभङ्ग भएर घाईते भएकाहरुलाई अरनिको प्रा.ली ले आजिवन एकहजार भत्तादिने व्यवस्था भई रहेकोमा त्यसलाई बढाएर १५ सय बनाएको छ ।यसै बिच कर्मचारीहरु कामको सिलसिलामा अचानक निधन भएको खण्डमा मृत्यु हुँदा एकलाख दिने गरेकोमा त्यसलाई बढाएर तीनलाख बनाईएको छ । प्रा.ली.ले मजदुरहरु चालक, सहचालकको ५ लाखको दुर्घटना बिमा वापतको रकम दिने गरेकोमा बैठकले १० लाख बनाउने निर्णय गरेको नब निर्वाचित अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनु भयो । उँहाले कर्मचारीको हकमा दिने यो बीमा भने नेपाल सरकारबाट तोकिएर दिने बाहेक को रकम भएको बताउँनु भयो । प्रा.ली.को कार्यसमितिले व्यवसायीको पक्षमा पहिलो वैठकमै महत्वपूर्ण निर्णय गरे संगै व्यवसायीहरु निकै उत्साहित भएका छन् ।अरनिको यातायातसेवा प्रालीको बुधबार बनेपामा भएको ५० औं वाािर्षक साधारणसभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसंगै शनिबार सपथग्रहण कार्यक्रम लगत्तै बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रा.ली.को निर्वाचन प्रमुख श्याम लामाले सपथ खुवाउँनु भएको थियो । अबिधेशनले केदार क्षेत्रीलाइ अध्यक्षमा वरिष्ट उपाध्यक्षहरुमा हरिभक्त श्रेष्ठ, विकासकाजी श्रेष्ठ र भुवन राउत निर्बाचित हुनु भएको थियो । त्यस्तै उपाध्यक्षहरुमा दिनेश कुमार श्रेष्ठ क्षेत्र नम्बर १, सुरेन्द्र बस्नेत क्षेत्र नम्बर २ र कृष्णबहादुर पन्त (ध्रुव) क्षेत्र नम्बर ३सदस्य सचिवमा प्रभुराम थापा, सचिन श्रेष्ठ सह सचिव, कृष्णभक्त त्वायना उपसचिव, राजु पौडेल कोषाध्यक्ष, नारायणदेव कुँवर सहकोषाध्यक्ष यसैगरी सदस्यहरुमा विपिन श्रेष्ठ, पदमलाल श्रेष्ठ (डवलकाजी), जीवन श्रेष्ठ, रविन तामाङ (माईला) पदमबहादुर सुवेदी (सिताराम), भुपेन्द्र थापा र लक्ष्मी श्रेष्ठ निर्वाचित हुनुभएको थियो । निर्वचनमा निर्वाचित भए लगत्तेै केदार क्षेत्रीले लोकप्रिय निणंय गराउँनु भए पछी सर्बत्र प्रशंसा गरिएको छ ।
