सम्पर्क

प्रतिनिधिसभा निर्वाचन माओवादी केन्द्र सिन्धुपाल्चोकको उम्मेदवार सिफारिस

मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । १ नं प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर एकबाट प्रत्यक्षमा हालका सभामुख अग्नि प्रसाद सापकोटा,फूलम तामाङ,माधव सापकोटा सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद पराजुली,आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ,आदिवासी जनजातिबाटै पूर्णबहादुर तामाङ,दलित गणेश बिक अल्पसङ्ख्यक पार्वती थामी सिफारिस हुनुभएको छ । प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सरल सहयात्री सर्वसम्मत सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट राजकुमार पौडेल आदिवासी जनजातिबाट लालकान्छा तामाङ,आदिवासी जनजातिबाट ज्ञानेन्द्रबहादुर गुरुङ,दलितबाट राजु खाती,आदिवासी जनजातिबाट आशा गुरुङ शेर्पा ,अल्पसङ्ख्यकबाट सुन्दर पहरी सिफारिस हुनुभएको छ । प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ अम्बिका नेपाल,चन्द्र सापकोटा ,टिएन सापकोटा,प्रताप सि तामाङ सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिक तर्फ खस आर्य अमृता नेपाल,आदिवासी जनजातिबाट गोकर्णदास श्रेष्ठ,आदिवासी जनजातिबाट पदम श्रेष्ठ,दलितबाट सागर परियार,दलितबाट सुभाष सुन्दाश,अपाङ्गबाट टिकाराम पराजुली सिफारिस हुनुभएको छ त्यस्तै २ नं प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर २ का लागि उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर दुईबाट प्रत्यक्षमा युवराज दुलाल र चन्द्रबहादुर थापा सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ दलित कोटाबाट बलराम बि.क,जनजातिबाट उद्दन आले मगर,जनजातिबाट ठुलोबाबु श्रेष्ठ सिफारिस हुनुभएको छ ।त्यस्तै प्रदेश सभा क बाट प्रत्यक्षतर्फ जानुका पराजुली,चिरञ्जीवी आचार्य चिराग,श्यामकृष्ण श्रेष्ठ,गोविन्द पराजुली अविनाश सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ जनजातिबाट वीर बहादुर तामाङ,जनजातिबाट ललित श्रेष्ठ अभियान,श्याम सुन्दर श्रेष्ठ विवेक,जनजातिबाट चिन बहादुर तामाङ मुक्ति,अल्पसङ्ख्यक जनजातिबाट सुशील बहादुर माझी,महिलातर्फ बिनु खडका सिफारिस हुनुभएको छ । त्यस्तै प्रदेश सभा ख बाट प्रत्यक्षतर्फ फुर्वा स्याङबो,भारत थापा,विदुर चौलागाईं सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ दलित कोटाबाट रोहिणी बिक,महिला कोटाबाट मुना ढकाल,जनजातिबाट लम्जुम शेर्पा,जनजातिबाट अर्जुन लोप्चन,खस आर्यबाट श्याम खड्का,जनजातिबाट महेशलाल श्रेष्ठ,घाइते अपाङ्गको तर्फबाट गोपाल नेपाल सिफारिस हुनुभएको छ ।