सम्पर्क

ब्रेकिङ न्युज २

छात्रा शिक्षामा डुडुवाको छुट्टै रणनीति

ब्रेकिङ न्युज २, राजनिती, समाचार
खजुरा, २८ असोज (रासस) ः ‘एसइइ पास छात्रा प्रोत्साहन कार्यक्रम र कन्या मुद्दती शिक्षा योजना’लाई बाँके जिल्लाको डुडुवा गाउँपालिकाले महत्वपूर्ण कार्यक्रमको रुपमा लागू गरेको छ । छात्रालाई उच्च शिक्षा हासिल गराउने यी दुई कार्यक्रमलाई पालिकाले ‘ड्रिम प्रोजेक्ट’ को रुपमा लिएको छ । कन्या मुद्दती शिक्षा योजनाअन्तर्गत पालिकामा जन्मिने बालिकाको बैंकमा मुद्दती खाता खोलिन्छ । पालिकाले नै रु दश हजार राखेर खाता खोलिदिने गरेको छ । कन्या मुद्दती खाता योजनामा दुई वटा कुरालाई महत्वका साथ उठान गरिएको छ, पहिलो बालिकाले एसइइ उत्तीर्ण गर्नै पर्ने र दोस्रो २० वर्षपछि मात्रै विवाह गर्नुपर्ने । बालिकालाई कम्तिमा एसइइसम्म पढाउन र बालविवाह रोक्न यो कार्यक्रम लागु गरिएको हो । यो दीर्घकालिन योजनाले २० वर्षपछि पालिकामा राम्रो नतिजा देखिने आशा गरिएको छ । पालिकामा अहिले बालविवाह ५० प्रतिशत बढी रहेको गैरसरकारी संस्थाहरुको ...

सुनसान तातोपानी नाका

ब्रेकिङ न्युज २, समाचार
केही वर्ष अघिसम्म सबेरैदेखी राति अवेरसम्म ब्यस्त रहनुहुने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल चिन सीमाछेउ तातोपानी बजारमा विगतमा ब्यापार गरेर भ्याईनभ्याई हुने होटल ब्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक आईदिय पनि हुन्थ्यो भन्ने लाग्छ । चिया पसल हुँदै १२ वर्षदेखि तातोपानी गेष्ट हाउस सञ्चालन गर्दै आउनुभएको शेर्पा घर वनाउन लिएको ऋण तिर्न हम्मे परेको बताउनुहुन्छ । तातोपानी नाका सञ्चालन हुँदा हुने गरको ब्यापारले लोभिएर आफ्नै घर बनाई सुरु गरेको होटल पाँच वर्ष राम्रो चलेको थियो । २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँटकाँट नहुँदा उहाँलाई तातोपानीको घर नखाउ भने दिनभरिको सिकार , खाउ भने कान्छा बाउको अनुहार भनेजस्तै भएको छ । नाका बन्द भएसँगै अन्यत्र बस्ने ठाउँ हुनेहरू तातोपानी छाडेर हिँडेपछि विकल्प नहुनेमात्र अहिले तातोपानी छन् ।नाका चल्यो भने गरि खान पाईएला नत्र अब छा...

महिला प्रहरी कर्मचारी, प्रहरी कार्यालय सहयोगी तथा पूर्व प्रहरी कर्मचारीसँग अन्तरक्रिया

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
६७ औँ प्रहरी दिवस २०७९ को अबसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले यस कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारी, प्रहरी कार्यालय सहयोगी तथा पूर्व प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया गर्नुभएको छ । बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले उक्त अन्तरक्रिया गर्नुभएको हो ।     बिहान ११बजेदेखी १२ बजेसम्म महिला प्रहरी कर्मचारीसँग, र१२ बजेदेखी दिउँसो १ बजेसम्म प्रहरी कार्यालय सहयोगीहरुसँग र दिउँसो ३ बजेदेखि ४ बजेसम्म पूर्व प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया गर्नुभएको प्रहरी बरिष्ठ उपरिक्षक तथा बागमती प्रदेस प्रहरी कार्यलयका प्रबक्ता एवम सुचना अधिकारी दिनेस रेग्मीले जानकारी दिनु भएको छ । उँहाका अनुसार महिला प्रहरी कर्मचारी र प्रहरी कार्यालय सहयोगी सँगको अन्तरक्रिया कार्...

हराएको वुद्धा महिलाको लास फेला

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा न. ८ कागुठे स्थित ठाडो खोलाको खोल्सामा सोमबार हराएको वुद्धा महिला मृत अवस्थामा भेटिएका छ । सोहि गाँउपालिका वडा न. ८ लाम्पाटा बस्ने ७२ वर्षको पदम कुमारी कार्कीको लास सडि गली सकेको अबस्थामा भेटिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार जानकारी दिनुभयो । उहाँका अनुसार गत असोज १३ गते वृद्ध भत्ता बुझ्न गएको कार्कि सोहि दिनदेखी घर फर्कि नआएको हँुदा खोजतलासको क्रममा घर देखि अं. ५÷६ सय मिटर पश्चिम कागुठे स्थित ठाडो खोलाको खोल्सामा सोमबार ५ बजेको समयमा लास फेला परेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...

बहुमुल्य जडिबुटी खेर जादै

ब्रेकिङ न्युज २, समाचार
प्राकृतिक जडीबुटीको भण्डारका रूपमा चिनिने सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा रहेको बहुमुल्य जडिबुटी पहिचान र सदुपयोग गर्न नसक्दा बर्सेनि खेर गईरहेको छ । जैविक विविधताले भरीपूर्ण क्षेत्रमा पाईने दुर्लभ जडीबुटीहरुको वैज्ञानिक खोज, अनुसन्धान तथा उपयोग नहूँदा करोडौंको सम्पत्ति छाडा चौपायाको चरन बनेको हो । ‘यस क्षेत्रका बासिन्दा बहुमूल्य जडीबुटीको बारेमा अनभिज्ञ छन् । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा चिराईतो , कुड्की, नागबेली, पाउडर झ्याउ, ठुलो ओखतो, लोठसल्ला, धुपी, सुनपाती, जटामसी लगायत जडिबुटी पाईन्छ । निकुञ्ज क्षेत्रको स्याउले, सेलाङ, गुम्बा , गोल्चे, गुन्सा, थाङपालकोट, भोताङ लगायतका जँगलहरूमा यस्ता जडिबुटी प्रशस्त मात्रामा पाईने गरेको पाँचपोखरी थाङपाल गाउपालिका वडा नम्बर – ५ गुन्साका वडाअध्यक्ष काले गोलेले बताउनुभयो । अन्य जडिबुटी सँकलन नभए पनि आँशिक रूपमा यार्सागुम्बा सँकलन गर्न सुरू भए...

एक सातापछि मनसुन बाहिरिने

ब्रेकिङ न्युज २, समाचार
रासस नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो । तथापी, पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ । अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन शुरु भएको थियो । हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केहीदिन लम्बिएको मौसमविद् पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो । “मनसुन आगामी शनिबार र आइतबारदेखि बाहिरिने देखिन्छ । यो वर्ष मनसुन बाहिरिने क्रममा बङ्गालको खाडीबाट आएको न्यून चापीय क्षेत्रको असरले लम्बिएको हो ।” अहिले राजधानी काठमाडौँ, पश्चिमको पोखरा (कास्की) लगायत देशका पूर्वी भेगको मौसम सामान्यतया सफा रहेको छ । पश्चिमका कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा...

मनेनयन पत्र दर्ता गर्न जाँदा भिडभाड नगर्न जिप्रका सिन्धुको अनुरोध कुन दलले कतीबजे दर्ता गर्ने समय तोकीयो

#, ब्रेकिङ न्युज २, समाचार
  आइतबार हुने मनेनयन पत्र दर्ताका लागी सिन्धुपाल्चोक जिल्लामा आचार संहीता निर्माण गरि लागुगरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ। जिल्ला निर्वाचन सुरक्षा समिति, सिन्धुपाल्चोक का अनुसार आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मिति २०७९ असोज २३ गते आइतबार उमेद्वारहरुले मनोनयन पत्र पेश गर्न जाँदा देहाय अनुसार गर्ने गरी सर्वदलीय सहमति भएकाले सबैको जानकारी तथा सहयोगका लागि अनुरोध गरिएको छः १, निर्वाचन आचारसंहिता २०७९ लाई पूर्णरुपले पालना गर्ने गराउनेस जस अनुसार उमेद्वारहरुसँग २५ जना भन्दा बढी नजाने, बाजा गाजा तथा झाँकी सहित जान नहुने, जुलुसमा तोकिएका साइजका झण्डाहरु तथा चुनाव चिन्हहरु १० भन्दा बढी नबोक्ने । २, क्षेत्र नं १ का लागि जिल्ला समन्वय समितिको भवन परिसरमा निर्वाचन अधिकृतको कार्यालय रहेकाले पीपलवोटबाट टुडिखेल हुँदै जाने रुट मिलाइएको, क्षेत्र नं २ का लागि...

निर्वाचन कार्यलय सिन्धुपाल्चोकको आचारसंहीता २५भन्दा बढी आयोग जान नपाइने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार हुने मनेनयन पत्र दर्ताका लागी सिन्धुपाल्चोक जिल्लामा आचार संहीता निर्माण गरि लागुगरिने भएको छ । प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालको अध्यक्षतामा बसेको राजनितीदलका प्रतिनिधी सरक्षा निकाय सहीतको बैठकलेआचारसंहीता निर्माण गरेको हो । आचार संहीतामा मनोयन पत्र दाखीला गर्न जाने उम्मेदवारसँग बढीमा २५जना सम्म निर्वाचन कार्यलयको गेट बाहीर सम्मजान पाउँने र निर्वाचन कार्यलयको गेट भित्र भने उम्मेदवार , समर्थक र प्रस्तावक मात्र जान पाउँने ब्यवस्था गरिएको छ । शुक्रबार भएको छलफलको क्रममा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १का उम्मेदवार हरुले पिपलको बोट बाट बढीमा २५जना सम्म लिएर जिल्ला सम्मन्वयसमितीको गेटमा जान पाइने तर उक्त गेट भित्र भने तिन जना मात्र जान पाइने जिल्ला निर्वाचन अधिकारी बिकास शर्मा रिजालले जानकारी दिनु भयो उँहाका अनुसार क्षेत्र नं २को लागी पनी बढीमा २५...

कांग्रेसले यस वर्ष चियापान नगर्ने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
रासस नेपाली कांग्रेसले बडादसैँ, शुभ दीपावली र छठलगायत पर्वका अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यसपटक नहुने भएको छ । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा थियो । यस वर्ष आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन असोज २३ गते नै पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवारहरुले उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले यस वर्षको चियापान नगरिने पार्टीका मुख्यसचिव कुृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । बिपीपछि यो परम्परालाई सर्वोच्च नेता गणेशमान सिंह, पूर्वसभापतिहरु कृष्णप्रसाद भट्टराई, गिरिजा...

सिद्धार्थ राजमार्गको वालिङ–गल्याङ खण्ड अवरुद्ध

ब्रेकिङ न्युज २, समाचार
सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । बिहानदेखि अवरुद्ध भएको सडक खुलाउनका लागि सडक विभागको डोजर पठाउन समन्वय भइरहेको छ । अविरल वर्षासँगै खसेको पहिरोका कारण दसैँको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने जानेहरु बीचमै रोकिएका छन् । त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा पनि अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी खुलाइएको छ । मङ्गलबार रातिदेखि अविरल परेको वर्षाका कारण बडादसैँमा आफ्ना मान्यजनबाट टीका लगाउन जानेलाई सास्ती भएको छ । जिल्लाका ग्रामीण भेगमा सवारी साधन चल्न नसक्दा यसपालिको दसैँ कष्टकर बनेको छ ।रासस...