सम्पर्क

हराएको वुद्धा महिलाको लास फेला

सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा न. ८ कागुठे स्थित ठाडो खोलाको खोल्सामा सोमबार हराएको वुद्धा महिला मृत अवस्थामा भेटिएका छ । सोहि गाँउपालिका वडा न. ८ लाम्पाटा बस्ने ७२ वर्षको पदम कुमारी कार्कीको लास सडि गली सकेको अबस्थामा भेटिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार जानकारी दिनुभयो । उहाँका अनुसार गत असोज १३ गते वृद्ध भत्ता बुझ्न गएको कार्कि सोहि दिनदेखी घर फर्कि नआएको हँुदा खोजतलासको क्रममा घर देखि अं. ५÷६ सय मिटर पश्चिम कागुठे स्थित ठाडो खोलाको खोल्सामा सोमबार ५ बजेको समयमा लास फेला परेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।