आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुपाल्चोकमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनकरूपमा सम्पन्न भएको छ ।


सत्ता गठबन्धनको भागबण्डाअनुसार प्रतिनिधि सभातर्फ सिन्धुपाल्चोक क्षेत्र नं. १ नेकपा (माओवादी केन्द्र) लाई र क्षेत्र नं. २ कांग्रेसलाई परेको छ । माओवादीले क्षेत्र नं. १ मा माधव सापकोटाले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस क्षेत्रको प्रदेश ‘क’ कांग्रेसलाई परेको छ भने ‘ख’ माओवादीलाई । नेपाली कांग्रेसले प्रदेश ‘क’ मा मनकुमारी खड्काले उम्मेदवारी दिनुभएको छ भने भने माओवादीबाट प्रदेश ‘ख’ मा सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ ।क्षेत्र नं. २ कांग्रेसलाई परेपछि मोहनबहादुर बस्नेतले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस क्षेत्रको प्रदेश ‘क’ माओवादीलाई परेको छ । माओवादीबाट युवराज दुलालले दोहोर्याउने हुनुभएको छ । त्यसैगरी २ को ‘ख’ कांग्रेसको भागमा परेको छ ।
कांग्रेसबाट कृष्ण कुमार तामाङ (समीर) ले उम्मेदवारी दिनुभएको छ । यता नेकपा एमालेको सिन्धुपाल्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङले उम्मेदवारी दिनुभएको छ । एमालेकका अनुसार क्षेत्र नं. १ (क) मा डिवि लामा र (ख) मा होमनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ । क्षेत्र नं. २ (क) मा अमानसिं तामाङ र (ख) मा हस्त पण्डितले उम्मेदवारी दर्ता गर्नुभएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेत र नेकपा एमालेका सचिवाल सदस्य समेत रहनु भएका पुर्ब मन्त्री शेर बहादुर तामागं बिच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाली कााग्रेसका बस्नेत , एमालेका तामागं र माओबादी केन्द्रका माधब सापकोटा सुबोध जस्ता केन्द्रमा चहलपहल भएका ब्यक्तीहरु निर्बाचनमा होमीनु भएको हो । निर्वाचन कार्यलय सिन्धुपाल्चोकका निर्वाचन अधिकारी विकास रिजालका अनुसार २ वटा प्रतिनिधि सभामा र ४ वटा प्रदेश सभा गरी ६सिटको लागि ६१ जनाले उम्मेद्वारी दर्ता गराउँनु भएको छ। यसरी उम्मेद्वार दर्ता गराउँने हरुमा माओबादी केन्द्रमा लामो समय रहेर काम गर्नु भएका पुर्ब माओबादी नेता ध्रुब पराजुली, नेपाली काँग्रेसका बद्री प्रसाद चौलागाँइ राष्ट्रीय प्रजातन्त्रपाटीका यसमीन ढुगंनालगाएतले स्वतन्त्र उम्मेद्वारी दिनु भएको छ ।
जिल्लाको २वटा क्षेत्रमा प्रतिनिधि सभामा २८ र प्रदेश सभामा ३३ जनाले उम्मेद्वारी दिनु भएको जानकारी प्राप्त भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ मा विभिन्न राजनिती दल र स्वतन्त्र समेत गरी१४ जना र प्रतिनिधि सभा क्षेत्र नं. २ मा पनी बिभिन्न राजनितीदल र स्वतन्त्र गरी १४ जनाको उम्मेदवारी दर्ता भएको हो । प्रदेश सभा तर्फ भने ३३ जनाको उम्मेदवारी परेकोछ। प्रदेश सभा सदस्य क्षेत्र नं. १ (क) मा ९ जना, प्रदेश सभा सदस्य क्षेत्र नं. १ (ख) मा ६ जनाले उम्मेदवारी दिनु भएको छ । निर्वाचन अधिकारी रिजालका अनुसार एका प्रतिनिधि सभा क्षेत्र नं. १ (ख) मा १ जनाले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । यसै गरी प्रदेश सभा सदस्य क्षेत्र नं. २ (क) मा ९ जना र प्रदेश सभा सदस्य क्षेत्र नं. २ (ख) मा ९ जनाको उम्मेदवारी परेको हो । जसमध्ये प्रतिनिधि सभा क्षेत्र नं. २ (क) मा २ र प्रतिनिधि सभा क्षेत्र नं। २ (ख) १ जना गरी ३ जनाले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ। हामीलाइ प्राप्त समाचार अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट १. दिनेश श्रेष्ठ, मंगोल नेशनल अर्गनाईजेशन बाट दावा लामा, नेकपा (एमाले)बाट शरेश नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल बाट बीरबहादुर तामाङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट सोम नोर्बु शेर्पा, जनता समाजवादी पार्टी नेपालबाट डिबी सिंह लामा, नेपाल कम्युनिष्ट पार्टी (माले)बाट कृष्णबहादुर ठकुरी, नेकपा (माओवादी केन्द्र)बाट माधव
सापकोटा(सुबोध)राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नारायण पाण्डे, नेपाल मजदूर किसान पार्टीबाट, हरि लक्ष्मी दनेखू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ग्याल्जेन शेर्पा र स्वतन्त्रबाट , रामकुमार जिसी,मुकुन्द श्रेष्ठ,विष्णुप्रसाद पौडेल रहनु भएको छ । यसै गरी प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेशसभा ‘क’ आशिष लामा (तामाङ०) तामाङसालिङ लोकतान्त्रिक पार्टीबाट सोमबहादुर लामा, मंगोल नेशनल अर्गनाइजेसनबाट,युद्ध विक्रम तामाङ नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राजेश लामा जनता समाजवादी पार्टी, नेपालबाट मसिना खड्का नेपाली काँग्रेसबाट, श्याम लाल शाक्य– नेपाल मजदुर किसान पार्टीबाट,निर्मला श्रेष्ठ– राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, टुल्कु लामा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट कृष्णबहादुर तामाङ– नेपाल कम्युनिष्ट पार्टी (माले)बाट,यस्तै गरी प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेशसभा ‘ख’मा गोविन्द दास गुभाजु– मंगोल नेशनल अर्गनाइजेसनबाट,होम नारायण श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट भक्तबहादुर भण्डारी– स्वतन्त्रबाट,सरल सहयात्री पौडेल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट,दीपक थापा– राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुर्पा दोर्जे लामा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाटप्रतिनिधि सभा क्षेत्र नं २मा ध्रुर्ब प्रसाद पराजुली– स्वतन्त्रबाट कर्णविर स्यांवु लामा– मंगोल नेशनल अर्गनाइजेसनबाट,माया गुरुङ– राष्ट्रिय स्वतन्त्र पार्टीबाट, बद्रीप्रसाद चौलागाई– स्वतन्त्रबाट श्यामबहादुर तामाङ– आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट
शेरबहादुर तामाङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) मंगल सिं तामाङ– जनमत पार्टीबाट,मोहनबहादुर बस्नेत– नेपाली काँग्रेसबाट दिलीप वि.क.– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट, नरसिं श्रेष्ठ– राष्ट्रिय प्रजातन्त्र पार्टीबाट,लक्ष्मीप्रसाद कुसी– नेपाल मजदुर किसान पार्टी बाट दावा छिरिङ शेर्पा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट, यस्मिन ढुंगाना– स्वतन्त्रबाटकवि राज गिरी– नेपाल कम्युनिष्ट पार्टी (माले)बाट त्यसै गरी प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेशसभा ‘क’ जिमी लामा– स्वतन्त्र,अर्जुन तामाङ– मंगोल नेशनल अर्गनाइजेसनबाट,अमानसिं तामाङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाटबाबुराम खड्का– राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, युवराज दुलाल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट, रत्न काजी नायभारी– नेपाल मजदुर किसान पार्टीबाट, फडिन्द्रप्रसाद दाहाल– स्वतन्त्र, छिरिङ वाङदी शेर्पा– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट,चेत नाथ गिरी– नेपाल कम्युनिष्ट पार्टी (माले)बाटयसैगरी प्रतिनिधि सभा क्षेत्र नं। २ प्रदेशसभा ‘ख’ सुन जित तामाङ– मंगोल नेशनल अर्गनाइजेसनबाट ललित कुमार तामाङ– तामाङसालिङ लोकतान्त्रिक पार्टीबाट,हस्तबहादुर पण्डित (क्षेत्री)– नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट, कृष्णबहादुर तामाङ– जनता समाजवादी पार्टी, नेपालबाट लालबहादुर तामाङ– जनमत पार्टीबाट गोविन्द गुरुङ– राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कृष्णकुमार तामाङ– नेपाली काँग्रेसबाट,राज मती लवजु– नेपाल मजदुर किसान पार्टी बाट,योगेन्द्र राज सिग्देल– स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराउँनु भएको छ । सिन्धु पाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाल ,प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादब प्रहरी प्रमुख सशस्त्र प्रहरी प्रमुख राष्ट्र्ीय अनुसन्धान प्रमुख हरु आफु सहीत सुरक्षा निकाययहरुको बाक्लो उपस्थिती रहेको थियो ।
